कोरोना भाइरसबाट विश्वभर कहाँ कति नेपालीले ज्यान गुमाए ? हेरौं 



Download our app to get more features

काठमाडौं, २१ बैशाख । कोरोना भाइरस (कोभिड–१९) संक्रमणका कारण शनिवार साँझसम्ममा ७३ गैरआवासीय नेपालीले ज्यान गुमाएका छन् । गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्गतको स्वास्थ्य समितिले संकलन गरेको तथ्यांकअनुसार बेलायतमा मात्रै ४९ जना गैरआवासीय नेपालीले ज्यान गुमाएका छन् ।

तथ्यांक अनुसार ग्रेटर लण्डनमा २७,  मिडल्याण्डमा ८, साउथ इष्टमा ११, साउथ बेष्टमा ३ को कोरोना भाइरसका कारण ज्यान गइसकेको छ । यस्तै संयुक्त राज्य अमेरिकामा कोरोना भाइरस संक्रमणका कारण ज्यान गुमाउनेको संख्या  १५ पुगेको छ । मध्य न्युयोर्कमा १२, कोलोराडोमा २ र भर्जिनियामा १ जनाको मृत्यु भएको हो । यस्तै युएइमा मा  ५, आयरल्याण्डमा १, जापानमा १, टर्कीमा १ र नेदरल्याण्डमा १ जनाको कोरोना भाइरस संक्रमणका कारण ज्यान गएको समितिले जनाएको छ । समितिका अनुसार नेपाल बाहेक विश्वभर पाँच  हजार दुई सय ४७ जना  गैरआवासीय नेपाली कोरोनाबाट संक्रमित छन् । संक्रमितमध्ये १५ सय ७० जना मुक्त पनि भइसकेका छन् । २७ देशमा रहेका नेपाली कोरोना भाइरसबाट संक्रमित छन् ।  


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts