महोत्तरीमा अज्ञात रोगका कारण ११ जनाको मृत्यु, घटनाबारे अनुसन्धान गर्न टोली खटाइयो



Download our app to get more features

महोत्तरी, २१ वैशाख । महोत्तरीमा अज्ञात रोगका कारण ११ जनाको मृत्यु भएको छ । 

महोत्तरीको भंगहा नगरपालिकामा अज्ञात रोगका कारण पछिल्लो १० दिनमा ११ जनाको मृत्यु भइसकेको छ । 

एकपछि अर्को गर्दै भंगहामा मानिसहरुको मृत्यु हुन थालेपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले घटनास्थलमा टोली परिचालन गरेको छ ।

स्वास्थ्य सेवा विभागको तर्फबाट डा.अमृत पोखरेल, विश्व स्वास्थ्य संगठनका प्रतिनिधि डा.सुदिपा खड्का सहितको टोली मृत्युको कारणबारे अनुसन्धान गर्न घटना क्षेत्र पुगेका छन् ।

घटनाबारे अनुसन्धानका लागि महोत्तरीका जनस्वास्थ्य निरिक्षक गिरेन्द्र झाले स्थानीयसँग प्रत्यक्ष भेटेर अनुसन्धान सुरु गरिएको बताए । उनले मृतकहरुको शव जलाइसकेका कारण कोरोना परीक्षण गर्न नसकिने भन्दै शनिवार मृत्यु भएका दुई जनाको कोरोना परीक्षणका लागि नमूना प्रयोगशाला पठाइएको बताए ।   

घटनाको प्रारम्भिक अनुसन्धानमा मृत्यु हुनेहरुले घरेलु विषाक्त मदिरा सेवन गरेको हुन सक्ने प्रहरीले जनाएको छ ।

Last modified on 2020-05-03 15:12:53


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts