तिलोत्तमा नगरपालिकाले जारी गरेको लकडाउनलाई थप कडाइ गरिने



Download our app to get more features

रुपन्देही, २१ वैशाख । कोटहिमाई गाउँपालिका रुपन्देहीमा कोरोना भाइरस संक्रमित भेटिएपछि तिलोत्तमा नगरपालिकाले जारी लकडाउनलाई कडाइ गरिने भएको छ ।

तिलोत्तमका नगरपालिकाले शनिवार सूचना जारी गर्दै पास बाहेकका सवारीसाधन नगरभित्र नचलाउने, बिना काममा नरोक्ने र सामग्री खरिद गर्न पसल जादा सवारी लिएर जान नपाउने नियम बनाएको छ ।

लकडाउनको कडाइ गर्दै नगरले किरानाका पसलहरु सातामा ३ दिन मात्रै सञ्चालन गर्ने जनाएको छ । सोमबार, बुधबार र शुक्रबार हरेक बिहान ६ बजे देखि ९ बजे सम्म मात्रै खाद्यान्न तथा किराना पसलहरु सञ्चालन हुनेछन् ।

नगरक्षेत्र बाहिरका तरकारी तथा फलफूल र दुग्धजन्य पदार्थ बेचबिखन भएको कारबाही गरिने भएको छ । लकडाउनको अवज्ञा भइरहेको गुनासो आएपछि थप नगरपालिकाले लकडाउनलाई थप कडा बनाउने नीति अख्तियार गरेको हो ।
 
साथै नगरपालिकाले नगरक्षेत्र भित्रका विद्यालयहरुलाई नतिजासमेत प्रकाशन नगर्न निर्देशन दिएको छ । यसअघि जारी लकडाउनमै पनि केहि विद्यालयहरुले नतिजा प्रकाशन गरेको भन्दै उनीहरुलाई कारणसहित ३ दिन भित्र स्पष्टिकरण पेश गर्न निर्देशन दिइएको छ ।
 
नगरपालिकाले अत्यावश्यक कामको लागि बाहिर जाँदा सामाजिक दूरी कायम गर्नसमेत पनि नगरबासीमा आग्रह गरेको  तिलोत्तमा नगरपालिका प्रमुख प्रशासकिय अधिकृत  माधव प्रसाद शर्माद्वारा जारी सुचना प्रकाशित गरिएको छ ।


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts