नेपालमा १७ स्थानबाट पीसिआर विधिबाट कोरोना परीक्षण



Download our app to get more features

काठमाडौं, २० वैशाख । प्रदेश १ जनस्वास्थ्य प्रयोगशालामा शनिवारबाट पीसीआर विधिबाट नमूना परीक्षण सुरु भएको छ । 

कोशी अस्पताल बाहेक जनस्वास्थ्य प्रयोगशालामा कोरोना परीक्षण सुरु भएसँगै नेपालमा १७ स्थानबाट पीसीआर विधिबाट नमूना परीक्षण सुरु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आफ्नो नियमित प्रेस ब्रिफिंगको क्रममा हालसम्म स्वमूल्यांकन गरेका २९ हजार ६ सय ८५ मध्ये ३ सय १९ जना कोरोनाको सम्भावित जोखिममा रहेको मन्त्रालयका प्रवक्ता डा.विकास देवकोटाले बताए । 

प्रवक्ता देवकोटाले दक्षिण कोरिया सरकारले कोइका मार्फत् सर्जिकल मास्क, पीपीई, केएन ९५ मास्क, ग्लब्स लगायतका सामाग्री नेपाल सरकारलाई उपलब्ध गराएको पनि जानकारी गराए ।

नेपाल नर्सिंग संघले कोरोना उपचारको अग्रस्थानमा खटिएका नर्सहरुको सुरक्षाका लागि सरकारले विशेष ध्यान दिनुपर्ने माग गरेको छ ।

अन्य डाक्टरजस्तै नर्सहरुपनि कोरोनाको उपचारमा खटिएकाले उनीहरुको सुरक्षा र स्वास्थ्यको विषयमा सरकारले छुट्टै व्यवस्था गनुपर्ने संघका अध्यक्ष मनकुमारी राईले बताइन् । 

नर्स उत्पादनमा मात्रै नभई कोरोनाले अबको दिनमा कस्तो स्वास्थ्य शिक्षा दिने भन्ने तर्फपनि सरकारले ध्यान दिनुपर्ने भन्दै उनले नर्सले घरपरिवारका साथै बिरामीलाई पनि हेर्नुपर्ने भएकाले आगामीदिनमा यसलाई समेटेर अघि बढ्न सरकारसँग माग गरिन् ।
 

Last modified on 2020-05-02 16:39:39


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts