कोविड-१९ को लडाईंमा खटिएकी डा. रुणा झा युएन वुमनबाट सम्मानित

काठमाडौं, २० वैशाख । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाकी निर्देशक डा.रुना झा युएन वुमनबाट सम्मानित भएकी छिन् ।
विश्वव्यापी महामारी बनेको नोवेल कोरोना भाइरस अर्थात् कोविड १९ को लडाईंमा दिनरात खटिएकी डा.झालाई युएन वुमनले सम्मानित गरेको हो ।
कोविड १९ को लडाईंमा खटिएकी विश्वका ५ महिलामा डा.झापनि पर्न सफल भएकी छिन् ।
चीनको वुहानबाट नेपाल ल्याइएका १ सय ७५ जनाको रेखदेखदेखि हालसम्म नेपालमा कोरोना भाइरसको परीक्षणदेखि १६ स्थानमा स्थापना गरिएको पीसीआर ल्याबमा आफ्नो नेतृत्वमा सफलता पूर्वक अग्रस्थानमा खटिएकी छिन् ।
नेपालको कोरोना विरुद्धको लडाईंमा सुरुदेखि नै आफ्नो नेतृत्वमा चुनौतीकाबीच काममा सफलताका साथ खटिरहेको र उनको टीमले पनि कोरोना विरुद्धको लडाइमा राम्रो काम गरिरहेको भन्दै उनलाई विश्वको ५ महिलामा समावेश गरिएको युएन वुमनले जनाएको छ ।