रुपन्देहीमा विषालु च्याउ खाँदा एकै परिवारका ७ जना बिरामी

रुपन्देही, २० वैशाख । रुपन्देहीमा विषालु च्याउ खाँदा एकै परिवारका ७ जना बिरामी भएका छन् ।
भैसी चराउन गएका परिवारका सदस्यले जंगलबाट ल्याएको च्याउ खाँदा उनीहरु बिरामी भएका हुन् । बिरामी हुनेमा १२ वर्षीया बालिकादेखि ७० वर्षीया वृद्धा छन् ।
बिरामी हुनेमा जिल्लाको गैडहवा गाउँपालिका वडा नम्बर ४ मिनमिनवाका १२ वर्षीया अनिशा हरिजन, १४ वर्षीया मनिषा हरिजन, १६ वर्षीय रामानन्द हरिजन, १८ वर्षीया लक्ष्मी हरिजन, ३५ वर्षीया सरस्वती हरिजन, ४५ वर्षीय बद्री हरिजन र ७० वर्षीया कैलाशी हरिजन रहेका छन् ।
शुक्रबार राति च्याउ खाएका उनीहरुलाई पेट दुख्ने र बान्ता हुने जस्ता समस्या देखिएपछि राती १२ बजे भीम अस्पतालको आकस्मिक कक्षमा भर्ना गरिएको अस्पतालका सूचना अधिकारी गोपाल उपाध्यायले बताए ।
उनीहरुको भिम अस्पताल भैरहवामा उपचार भैरहेको अस्पतालले जनाएको छ ।