एक जनामा कोरोना पुष्टी भएपछि कोटहीमाई गाउँपालिकाको पुर्निहवा गाउँ सिल



Download our app to get more features

रुपन्देही, २० वैशाख । रुपन्देहीको कोटहीमाई गाउँपालिकामा एकजनामा कोरोना संक्रमण पुष्टि भएपछि पुर्निहवा गाउँ सिल गरिएको छ । 

कोटहीमाई गाउँपालिकाको मझगावास्थित श्री मर्चवार आर्दश उच्च माविको क्वारेन्टाइनमा रहेका सोही गाउँपालिकाका २५ वर्षीय युवकामा शुक्रवार संक्रमण पुष्टि भएको हो ।

संक्रमण पुष्टि भएपछि कोटहीमाई गाउँपालिका १ को पुर्निहवा गाउँ पुरै सिल गरिएको रुपन्देहीका प्रमुख प्रमुख प्रहरी उपरीक्षक हेम कुमार थापाले बताए । अर्को आदेश नभएसम्म सिल गरिएको उक्त गाउँमा आवतजावत गर्न पाइँदैन । 

उक्त गाउँसहित बाहिरी क्षेत्रमा चारैतिर प्रहरी परिचालन गरिएको छ । गाउँलेलाई खाद्यान्न र आपतकालिन समस्याको समाधानका लागि स्थानीय तह र प्रशासनले समन्वय गर्नेछन् । साथै ती युवकको कन्ट्र्याक्ट ट्रेसिंगकोपनि काम आजबाट सुरु हुनेछ ।

संक्रमण पुष्टि भएपछि ती युवकलाई बुटबलको कोरोना अस्थायी अस्पतालको आईसोलेशनमा राखेर उपचार सुरु गरिएको छ ।

Last modified on 2020-05-02 09:06:50


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts