नेपालमा कोरोना परीक्षणः कुन प्रदेशमा कति ?

काठमाडौं, १९ वैशाख । नेपालमा हालसम्म ६० हजारभन्दा बढी कोरोना परीक्षण गरिएको छ ।
थ्रोट स्वाब परीक्षण र दूत परीक्षणबाट गरि हालसम्म ६० हजार ३ सय ७४ जनाको कोरोना परीक्षण गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयल जनाएको छ ।
मन्त्रालयको नियमित प्रेस ब्रिफिङको क्रममा पीसीआर विधिबाट १२ हजार ५ सय ७७ र आरडिटीबाठ ४७ हजार ७ सय ९७ जनाको कोरोना परीक्षण भएको प्रवक्ता डा. विकास देवकोटाले बताए ।
यस्तै हालसम्म ९४ जना आइसोलेसनमा रहेका छन् । जसमा काठमाडौं उपत्यकामा ५ जना र काठमाडौं उपत्यका बाहिर ८९ जना रहेकोपनि उनले बताए ।
यस्तै प्रदेशगत कोरोना परीक्षणमा सबैभन्दा धेरै सुदूरपश्चिम प्रदेशमा गरिएको छ भने सबैभन्दा कम प्रदेश ५ मा कोरोना परीक्षण गरिएको छ ।
प्रदेश १ मा ५ हजार ९९, प्रदेश २ मा ५ हजार ६ सय १७, बागमति प्रदेशमा ८ हजार ६ सय ९४, गण्डकी प्रदेशमा ५ हजार ४ सय ११, प्रदेश ५ मा ४ हजार ३५, कर्णाली प्रदेशमा ५ हजार ५ सय ६७ र सुदूरपश्चिम प्रदेशमा १३ हजार ५ सय ८४ जनाको कोरोना परीक्षण गरिएको छ ।
हाल नेपालका विभिन्न स्थानमा गरि २४ हजार ९ सय ७ जना क्वारेन्टाइनमा रहेका छन् । प्रदेश १ मा २ हजार ८ सय ७७, प्रदेश २ मा १ हजर ३ सय ३२, बागमति प्रदेशमा ५ सय ३८, गण्डकी प्रदेशमा ७ सय ८, प्रदेश ५ मा १२ हजार १ सय ६३, कर्णाली प्रदेशमा ३ हजार ७ य २४ र सुदूरपश्चिम प्रदेशमा ३ हजार ५ सय ६५ जना रहेका छन् ।
यस्तै स्वास्थ्य मन्त्रालयले बनाएको स्वमूल्याकंनबाट हालसम्म २९ हजार ३ सय ८४ जनाले नाम दर्ता गराएकोमा ३ सय १५ जना रेड जोनमा परेका छन् ।
हालसम्म नेपालमा कोरोना संक्रमितको संख्या ५९ पुगेको छ । संक्रमितमा सबैभन्दा धेरै पुरुषहरु ३९ जना रहेका छन् भने १० जना महिनामा कोरोना देखिएको छ । संक्रमित सबैको स्वास्थ्य सामान्य रहेको बताइएको छ ।