पुरानो मेडिकल कलेज भरतपुरद्वारा प्रहरीका लागि सुरक्षा सामग्री प्रदान 



Download our app to get more features

चितवन, १९ वैशाख । विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) संक्रमणको जोखिम कम गर्न जिल्ला प्रहरी कार्यालय चितवनलाई सुरक्षा सामग्री प्रदान गरिएको छ । कलेज अफ मेडिकल साइन्सेस शिक्षण अस्पताल (पुरानो मेडिकल कलेज) भरतपुरले सो सामग्री प्रदान गरेको हो । 

मेडिकल कलेजका प्रमुख कार्यकारी अधिकृत डाक्टर शुभप्रभात श्रेष्ठ र वरिष्ठ बजार प्रबन्धक दुर्गा न्यौपानेले चितवनका प्रहरी प्रमुख नान्तिराज गुरुङ्गलाई ती सामग्री बिहिबार हस्तान्तरण गरेका हुन् । कोरोनाको जोखिमबीच काममा खटिने प्रहरीको सुरक्षाका लागि सो सामग्री सहयोग गरिएको वरिष्ठ बजार प्रबन्धक न्यौपानेले बताए । यो आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व बहन गरेको उनको भनाइ छ । 


उनका अनुसार प्रहरीलाई चार हजार चार सय थान पन्जा, दुई सय थान सर्जिकल मास्क प्रदान गरिएको हो । आगामी दिनमा पनि मेडिकल कलेजले आवश्यकता अनुसार सुरक्षाकर्मीका लागि  स्वास्थ्य सामग्री उपलब्ध गराइने उनले बताए । 


दुई दशक भन्दा लामो समयदेखि सेवा दिदै आएको पुरानो मेडिकल कलेजले यसअघि पनि विभिन्न सामाजिक उत्तरदायित्वका कामहरू गर्दै आएको छ ।

Last modified on 2020-05-01 10:34:55

  1. जय पाठक (जेपी)

    स्वास्थ्यकर्मीसमेत रहेका पाठक हाम्रो डक्टर न्यूजका चितवन ब्यूरो प्रमुख हुन् ।

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts