धनगढीकी कोरोना संक्रमित महिलाको छैठौँ रिपोर्ट पनि ‘पोजेटिभ’



Download our app to get more features

धनगढी, १९ वैशाख । धनगढीकी कोरोना संक्रमित महिलाको छैठौँ रिपोर्ट पनि ‘पोजेटिभ’ आएको छ। २८ दिनदेखि सेती अस्पतालमा उपचाररत धनगढी उप–महानगरपालिका वडा नम्वर ५ की ३४ वर्षीया महिलाको छ पटकसम्म गरीएको थ्रोट स्वाब परीक्षणमा कोरोना रिपोर्ट पोजेटिभ आएको हो ।

सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलीप कुमार श्रेष्ठले चैत २२ गते कोरोना पुष्टि भएपछि संक्रमित महिलाको छ पटक सम्म परीक्षण भईसकेको र सबै रिपोर्ट पोजेटिभ आएको बताए । सूचना अधिकारी श्रेष्ठका अनुसार चिकित्सकहरुको सल्लाह अनुसार उनको थ्रोट स्वाब फेरी संकलन गरी परीक्षण गरिनेछ । 

उनीसँगै भर्ना भएका दुई जना, अगाडि भर्ना भएका एक जना र उनीभन्दा पछाडि भर्ना भएकी एक जना गरी चार जना कोरोना संक्रमित भने सेती अस्पतालबाट डिस्चार्ज भईसकेका छन् ।

लम्कीचुहा नगरपालिकाका २१ वर्षीय युवक, धनगढी उप–महानगरपालिका वडा नम्वर ५ का ३४ वबर्षीय युवक, कञ्चनपुरको बेदकोट नगरपालिकाका ४० वर्षीय पुरुष र लम्कीचुहा नगरपालिका वडा नम्वर १ कि महिला सेती प्रादेशिक अस्पतालबाट डिस्चार्ज भईसकेका हुन् । 

अहिले सेती प्रादेशिक अस्पतालको आईसोलेसमा उनको मात्रै उपचार भईरहेको छ । उनको स्वास्थ्य अवस्था भने सामान्य रहेको अस्पतालका कोभिड १९ उपचार विभाग प्रमुख डाक्टर शेरवहादुर कमरले बताए । कोरोनाको रिपोर्ट पोजेटिभ देखाए पनि उनको स्वास्थ्यमा कुनै समस्या नदेखिएको उनले बताए । 

३४ वर्षीया महिलामा दुबईबाट आएका उनका ३४ वर्षीय देवरबाट कोरोना सरेको आशंका गरिएको छ । उनका देवर भने सञ्चो भएर अस्पतालबाट डिस्चार्ज भईसकेका छन् 

 

Last modified on 2020-05-01 08:39:07


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts