तिलोत्तमामा शुक्रबारदेखि नियमित खोप सुरु हुँदै 



Download our app to get more features

रुपन्देही, १८ वैशख । रुपन्देहीको तिलोत्तमा नगरपालिकामा कोरोना भाइरसका कारण  रोकिएको नियमित खोप कार्यक्रम शुक्रबार (१९ वैशाख) बाट सुरु हुने भएको छ ।

आधारभूत स्वास्थ्य सेवाको रुपमा रहेको नियमित खोप कार्यक्रम भोलीबाट पुनः सुरु हुने नगरपालिकाको स्वास्थ्य शाखाका सिनियर अहेव अधिकृत ईश्वरी पौडेलले जानकारी दिए। संघीय सरकारको निर्देशनअनुसार कोरोनाको कारण गत महिना तिलोत्तमामा नियमित खोप कार्यक्रम रोकिएको थियो । गत महिना नियमित खोप लगाउने पालोमा रहेका तथा यसबीचमा जन्मिएका बालबालिकाले भोलीबाट सुरु हुने कार्यक्रममा खोप लगाउने उनको भनाइ छ ।

भोलीबाट सुरु भएर २३ वैशाखसम्म चल्ने कार्यक्रममा नियमितरूपमा दिइँदै आएको बिसीजी, डिपीटी, पोलियो, हेपाटाइटिस, रुवेला, दादुरालगायत खोप रहेका छन् । स्वास्थ्य शाखाले नजिकको स्वास्थ्य संस्था वा स्वयंसेविकासँग सम्पर्क गरी लक्षित बालबालिकालाई खोप लगाउन नगरबासीलाई आग्रह गरेको छ ।

मानिसको बढी भीडभाड हुने भन्दै गत महिना रोकिएको खोप कार्यक्रम स्वास्थ्यकर्मीलाई व्यक्तिगत सुरक्षण उपकरण (पिपिई) को व्यवस्था गराई सामाजिक दुरी कायम राख्नेगरी सुचारु गरिएको सिनियर अहेव अधिकृत पौडेलले वताए । खोपले विभिन्न रोगबाट बचाउने भएकोले बालबालिकालाई पूर्णरुपमा नियमित खोप लगाउनुपर्ने स्वास्थ्यकर्मीहरु बताउँछन् ।

Last modified on 2020-04-30 16:31:45


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts