रोटरी क्लब अफ मणिग्रामद्वारा मायादेवी गाउँपालिकालाई पाँच थान पिपिई हस्तान्तरण



Download our app to get more features

रुपन्देही, १८ वैशाख । रुपन्देहीको मायादेवी गाउँपालिकालाई रोटरी क्लब अफ मणिग्रामले ५ थान पिपिई सेट (व्यक्तिगत सुरक्षा उपकरण) प्रदान गरेको छ । क्लबका अध्यक्ष अच्युत पन्तले गाउँपालिका अध्यक्ष ध्रुवनारायण चौधरीलाई पिपिई सेट हस्तान्तरण गरेका हुन् । 

गाउँपालिका अध्यक्ष चौधरीले चिकित्सक, नर्स तथा स्वास्थ्यकर्मी एवं प्राबवधिकहरुका लागी कार्यक्षेत्रमा रहदा पिपिई अति आबश्यक रहेको र सहयोगका लागी धन्यबाद प्रकट गरे । सो अवसरमा गाउँपालिका स्वास्थ्य शाखा प्रमुख भाष्कर आत्रेय, रोटरी क्लब अप मणिग्रामका पुर्ब अध्यक्ष कुलमणि ज्ञवालीलगायतको उपस्थित थियो ।

मायादेबी गाउँपालिकाले वडा नम्बर ८ रुपन्देही शैक्षिक तालिम केन्द्रमा क्वारेन्टाईन सञ्चालन गरेको छ । सो क्वारेन्टाईनका स्वास्थ्यकर्मीका लाििग पिपिई सेट आवश्यक रहेको स्वास्थ्य शाखा प्रमुख भाष्कर आत्रेयले बताए । करेनटाईनमा रहेका ४३ जनाको स्वाब जाँच गरिएकोमा सबैको नेगेटिभ रिर्पोट आएको र १७ जनालाई घर पठाईएको छ । चार जना घर टाढाको भएकाले शुक्रबार पठाईने उनले बताए । यस्तै क्वारेन्टाइमा रहेका २२ भारतीयलाई भारत पठाउन खोजे पनि  सिमानाका बन्द रहेकोले पठाउन नसकिएको जनाइएको छ । त्यहाँ रहेका एक पाकिसतानी नागरिकलाई भने  नेपालीले सेनाको जिम्मा लगाएको उनले बताए ।


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts