भारतमा कोरोना भाइरस संक्रमित ३३ हजार नाघे



Download our app to get more features

एजेन्सी, १८ वैशाख । भारतीय स्वास्थ्य मन्त्रालयका अनुसार विहीबारसम्ममा भारतमा ३३ हजार ५० व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमितको संख्या वृद्धि सँगसँगै मृत्यु हुनेको संख्या पनि बढिरहेको छ । विहीबार मध्यन्हसम्ममा एक हजार ७४ भारतीय नागरिकको कोरोना भाइरस (कोभिड–१९) का कारण ज्यान गइसकेको छ ।

यस्तै विहीबारसम्ममा विश्वभर ३३ लाख ३० हजार चार सय भन्दा बढी व्यक्ति कोरोनाबाट प्रभावित भइसकेका छन् । त्यसमध्ये दुई लाख २८ हजार तीन सय ९४ जनाले कोरोना संक्रमणका कारण ज्यान गुमाइसकेका छन् । यस्तै कोरोनालाई जितेर घर जानेको संख्या पनि निरन्तर वृद्धि भइरहेको छ । विश्वभरबाट १० लाख ७ हजार एक सय ३६ जना व्यक्ति कोरोनाबाट मुक्त भइसकेका छन् । 
 


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts