बलिउडका दिग्गज कलाकार ऋषि कपूरको निधन



Download our app to get more features

काठमाडौं, १८ वैशाख । भारतका दिग्गज कलाकार ऋषि कपूरको निधन भएको छ । 

स्वास्थ्य अवस्था बिग्रिएसँगै बुधवार राति नै उनलाई अस्पताल भर्ना गरिएको थियो । उपचारको क्रममा उनको राति नै निधन भएको अस्पताल स्रोतले जनाएको छ । ६७ वर्षका कपूर यसअघि क्यान्सरका कारण पीडित थिए । लामो समयको उपचारपछि उनी भारत फर्केका थिए । बुधवार मात्रै बलिउडका दिग्गज कलाकार इरफानको निधन भएको थियो । 

बलिउडका महान नायक अमिताभ बच्चनले ट्वीट गरेर ऋषि कपूरको निधन भएकोबारे जानकरी दिएका छन् भने ऋषि कपूरका छोरा रणवीर कपूरलेपनि उनको निधनबारे जानकारी दिएका छन् ।

ऋषि कपूरलाई बुधवार मुम्बईको एच एन रिलायन्स अस्पतालमा भर्ना गरिएको थियो । उनलाई श्वासप्रश्वासमा समस्या भएपछि अस्पतालमा भर्ना गरिएको थियो । 

Last modified on 2020-04-30 10:32:50


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts