भारतले थाल्यो कोरोना भाइरसविरुद्धको खोपको परीक्षण

परीक्षण सफल भयो भने सेप्टेम्बर वा अक्टूबरसम्म बजारमा उपलब्ध



Download our app to get more features

एजेन्सी, १७ वैशाख । भारतले कोरोना भाइरसविरुद्धको खोप परीक्षण सुरु गरेको छ । भारतको पूणेस्थित सिरम इन्स्टिच्यूटका कार्यकारी निर्देशक अडर पूनावालाका अनुसार खोप परीक्षण सुरु भइसकेको छ । 

उनले परीक्षण यदि सफल भयो भने कोरोना विरुद्धको खोप आगामी सेप्टेम्बर वा अक्टुबर महिनामै बजारमा आउने दावी गरे । पूनावालाका अनुसार जोखिम लिँदै कोरोनाको खोप एड्भान्स परीक्षणभन्दा पहिले नै यसको उत्पादनको प्रयास गरिनेछ र यदि परीक्षण सफल भयो भने यसको मूल्य एक हजार पर्नेछ । उनले भने, ‘आगामी महिनाको अन्त्यसम्म खोपको उत्पादन सुरु हुन सक्छ र परीक्षण सफल भयो भने सेप्टेम्बर वा अक्टूबरसम्म बजारमा उपलब्ध गराइन्छ ।’

पुनावालले बेलायतमा अहिले खोपको क्लीनिकल परीक्षणको घोषणा गरि सकिएको छ । तर, भारतमा उत्पादन पहिले भइ नै सकेको छ । परीक्षण सफल भयो भने यसै वर्षको सेप्टेम्बर या अक्टूबरसम्म खोप  तयार गरिसक्ने उनले बताए । उनले थपे, ‘हामीले खोप उत्पादन यस कारण सुरु गरेका हौ की परीक्षण सफल भएपछि तत्काल यसलाई पर्याप्त मात्रामा उपलब्ध गराउन सकियोस् । हामी मे महिनामा यसको मानव परीक्षण गरिसक्छौं ।’
उनले आउने तीन सातामा खोपको उत्पादन सुरु गरिसक्ने भन्दै प्रत्येक महिना ४० देखि ५० लाख खोपको डोज बनाइने जनाए ।  केहि महिनामै त्यसलाई बढाएर प्रत्येक महिना १ करोड पुर्याइने उनको भनाइ छ । उनले एक करोड उत्पादन हुन थालेपछि अन्य मुलुकमा पनि खोप निर्यात गर्न सकिने उल्लेख गरे ।

सन् १९६६ मा स्थापित यो उद्योग विश्वकै सबैभन्दा ठूलो खोप बनाउने उद्योग हो । जसले वर्षमा एक खर्ब पाँच अर्ब बराबारको खोप उत्पादन गर्दै आएको छ । भारतीय सिरम उद्योगको बाहेक कोरोना भाइरसविरुद्धको खोप बेलायतको अक्सफोर्ड यूनिभर्सिटी र अमेरिकाको बायोटेक कम्पनी कोडाजेनिक्स पनि प्रयासमा जुटिरहेको छ ।


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts