भरतपुर कोरोना विशेष अस्पतालले भन्योः कुनै सामान चोरी भएको छैन



Download our app to get more features

चितवन, १७ वैशाख । चितवनको भरतपुर कोरोना विशेष अस्पतालमा कुनै चोरी नभएको अस्पतालले दावी गरेको छ ।

अस्पतालले विज्ञप्ति जारी गर्दै कोरोना नियन्त्रण कार्यदलले भरतपुर कोरोना अस्पतालमा चोरी नभइ सामग्री ओसारपसार स्टोर गर्ने समयको सिसिटिभी फुटेज लिक भएको जनाएको छ ।
कार्यदलले खरिद गरेको र विभिन्न संघसंस्थाबाट सहयोगार्थ प्राप्त सबै सामग्रीको दाखिला प्रमाण, बिल र विवरणको साथै बाँकी बक्यौता सामग्री सहित सलामत नै रहेको जनाएको छ ।

यसअघि अस्पतालबाट अस्पतालकै कर्मचारीले सामान चोरेको भिडियो सार्वजनिक भएको भन्दै कोरोना विशेष अस्पतालको भिडियो सार्वजनिक भएको थियो । भिडियो सार्वजनिक भएपछि भरतपुरस्थित कोरोना अस्पतालमा अख्तियार दुरुपयोग अनुसन्धान कार्यालय हेटौडाले मंगलवार छापा मारेको थियो । स्टोरबाटै सामान चोरीसँगै आर्थिक अनियमतिता भएको सूचनाको आधारमा अस्पतालमा अख्तियारले छापा मारेको थियो ।

हेटौडाबाट आएको टोलीले भरतपुर कोरोना अस्थायी अस्पताल, भरतपुर महानगरपालिकाको आवश्यक कागज पत्र नियन्त्रणमा लिएको छ । 

यता चोरीमा संलग्न भनिएका कर्मचारीले विज्ञप्ति जारी गर्दै समाचारको विरोधको गरेको छ । उनीहरुले मिडियाले कर्मचारीले चोरी गरेको गलत र अनर्गल आरोप लगाएर बदनाम गर्न खोजिएको भन्दै घटनाबारे छानबीन गर्न माग गरेको छ ।

Last modified on 2020-04-29 09:12:04

  1. जय पाठक (जेपी)

    स्वास्थ्यकर्मीसमेत रहेका पाठक हाम्रो डक्टर न्यूजका चितवन ब्यूरो प्रमुख हुन् ।

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts