एपोनद्वारा स्वास्थ्य पत्रकार मञ्चलाई स्वास्थ्य सुरक्षा सामग्री प्रदान

काठमाडौँ, १६ बैशाख । कोरोना महामारीको समयमा स्थलगत रिपोर्टिङमा खटिएका पत्रकारका लागि नेपाल औषधि उत्पादक संघ एपोनले स्वास्थ्य सुरक्षा सामग्री उपलव्ध गराएको छ । स्वास्थ्य पत्रकारहरुका छाता संस्था स्वासथ्य पत्रकार मञ्च नेपाल मार्फत स्वास्थ्य सुरक्षा सामग्री उपलव्ध गराएको हो । मंगलबार मन्त्रालयमा आयोजित एक अनौपचारिक कार्यक्रममा एपोनका अध्यक्ष जी नारायणबहादुर क्षेत्रीले मञ्चका अध्यक्ष कल्पना आचार्यलाई सामग्री हस्तान्तरण गरे । सो सामग्रीमा सर्जिकल मास्क, ग्लोव्स, ह्याण्ड स्यानिटाइजर लगायतका सामग्री छन् ।
एपोनले सामग्री हस्तान्तरण गरे लगत्तै मन्त्रालयमा उपस्थित पत्रकारलाई मञ्चको तर्फबाट सामग्री वितरण भएको थियो । आज अनुपस्थित हुन नसकेका पत्रकारलाई सम्पर्कमा आएका बेला उपलव्ध गराउने मञ्चका महासचिव रामप्रसाद न्यौपानेले बताए ।
सामग्री वितरण गर्न एपोनका तर्फबाट अध्यक्ष क्षेत्री सहित उपाध्यक्ष सन्तोष बराल र महासचिव विप्लव अधिकारीको उपस्थिति थियो ।
सो अवसरमा बोल्दै एपोन अध्यक्ष क्षेत्रीले कोरोना महामारीविरुद्ध फ्रन्टलाइनमा खटिएका पत्रकारहरुको स्वास्थ्य सुरक्षा सम्वेदनशीलतालाई न्युनतम स्वास्थ्य सुरक्षा सामग्री उपलव्ध गराएको बताए । उनले सरकारलाई पनि स्वदेशी औषधिको खरीद गरी प्रयोग गर्न अनुरोध गरे । अहिले विदेशबाट औषधि ल्याउने सम्झौँता भइरहेको छ भन्ने सुनेका छौँ । यदि ति औषधिहरु स्वदेशमै उपलव्ध छन् भने किन् विदेशबाट ल्याउनु पर्यो, सरकारको ध्यानाकर्षण गराउन चाहन्छु,' अध्यक्ष क्षेत्रीले भने ।
उनले सो अवसरमा उनले औषधिजन्य सामग्री विदेशबाट खरीद गरेको कार्यक्रममा बोल्दै एपोनका महासचिव अधिकारीले कोराना महामारीविरुद्धको अभियानमा आफूहरुले फ्रन्टलाइनमा खटिएका पत्रकार सहित स्वास्थ्यकर्मी तथा सुरक्षाकर्मीलाई समेत विभिन्न किसिमका स्वास्थ्य सुरक्षा सामग्रीहरु उपलव्ध गराएको जानकारी दिए । उनले स्यानीटाइजर उपलव्ध गराउने एसआर ड्रग र सुमी फर्मास्यिुटिकल्सलाई विशेष धन्यवाद दिए ।
मञ्चका अध्यक्ष कल्पना आचार्यले स्वास्थ्यकर्मी, सुरक्षाकर्मी जस्तै यतिवेला सञ्चारकर्मी पनि कोरोना विरुद्ध फ्रन्टलाइनमै खटिएर काम गरेको भन्दै एपोनले पत्रकारको सुरक्षाका लागि सामग्री उपलव्ध गराउनु खुशीको कुरा भएको बताइन । उनले सामग्री उपलव्ध गराएकोमा धन्यवाद दिइन ।
यसैबीच स्वास्थ्य पत्रकारहरुका लागि रायमाझी ट्रेड कन्सर्नले पनि केही थान सर्जिकल मास्क र ग्लोब्स उपलव्ध गराएको छ ।