डडेल्धुरा अस्पतालका जड्याहा 'स्वास्थ्यकर्मी', जो तीनपटक थुनामा गए



Download our app to get more features

धनगढी, १६ वैशाख । विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना भाइरसको रोकथामका लागि ज्यानै जोखिममा राखेर स्वास्थ्यकर्मी खटिरहेका बेला डडेल्धुरा अस्पतालका एक कर्मचारी भने ड्युटीका बेला रक्सीको नशामा झुम्मिने गरेका छन् ।

सँधैसजो मादक पदार्थ सेवन गरेर कार्यालय जाने सिनियर अहेब दिलिपसिंह साउँद अस्पताल प्रशासनको लागि टाउको दुखाईको कारण बनेका छन् । 

अस्पताल स्रोतका अनुसार साउँद दैनिकजसो मादक पदार्थ सेवन गरेर अस्पतालमा होहल्ला गर्ने गर्दछन । स्रोत भन्छ ‘डडेल्धुरा अस्पतालको इर्मेजेन्सी वार्डमा काम गर्ने उनले बिरामी मात्र होइन अस्पताल प्रशासनलाई समेत हैरान पारेका छन् ।’ 

केही समय अघि मात्रै सरुवा भएर डडेल्धुरा आएका अहेब साउँदलाई प्रहरीले तीन पटक थुनामा राखिसकेको छ ।  

आज मात्रै तेस्रो पटक उनीलाई नियन्त्रणमा लिएर थुनामा राखेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी नायव उपरीक्षक दधिराम न्यौपानेले बताए । ‘हामीले नियन्त्रणमा लिएर थुनामा राखेका छौ, उनीलाई कारवाहीका लागि अस्पताल प्रशासनले निर्णय लिन्छ होला’ उनले भने ।

यस विषयमा डडेल्धुरा अस्पतालमा मेडिकल सुपरिटेन्डेन्ट जगदिश विष्टले निजले गल्ती गरेको भए नियमानुसार कारवाही अगाडी बढ्ने बताएका छन् ।


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts