प्रदेश ५ सरकारले कोरोना विरुद्धको लडाईमा आयुर्वेद तथा वैकल्पिक चिकित्सालाई परिचालन गर्ने

रुपन्देही, १६ वैशाख । प्रदेश ५ सरकारले कोरोना विरुद्धको लडाइमा आयुर्वेद तथा वैकल्पिक चिकित्सा क्षेत्रलाई परिचालन गर्ने भएको छ ।
मन्त्रालयमा सोमवार आयोजित पत्रकार भेटघाट कार्यक्रममा प्रदेश ५ का सामाजिक विकास मन्त्री सुदर्शन बरालले कोरोना उपचारका लागि नभएर प्रतिरोधात्मक क्षमता बढाउनका लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सा क्षेत्रलाई क्रियाशिल गराउन लागिएको बताए । उनले कोरोना उपचारका लागि नभएर प्रतिरोधात्मक क्षमता बढाउनका लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सा क्षेत्रलाई क्रियाशिल गराउन लागिएको जानकारी गराए ।
‘आयुर्वेद चिकित्सक स्वास्थ्यकर्मीलाई क्वारेन्टाइनहरुमा परिचालन गर्छौं’ मन्त्री बरालले भने, ‘यसले क्वारेन्टाइनमा रहेका व्यक्तिलाई प्रतिरोधात्मक क्षमता बढाउनमा र तनाव व्यवस्थापमना सहयोग पुग्नेछ ।’ उनले थपे, ‘आयुर्वेदका स्वास्थ्यकर्मीहरुको नेतृत्वमा मनोचिकित्सक र योग प्रशिक्षकहरु पनि परिचालन हुनेछन् । त्यसका लागि जिल्लामा मनोचिकित्सक र योग प्रशिक्षकको जनशक्ति पहिचानको भैसकेको छ ।’
प्रदेश सरकारले प्रदेश र साविकका अञ्चल स्तरका चिकित्सालयलाई केन्द्रित गरी भौतिक पूर्वाधार, औषधि, उपचार सामग्री र जनशक्ति व्यवस्थापनमा काम गरिरहेको भन्दै मन्त्री बरालले जिल्ला स्तरका आयुर्वेदहरुलाई १÷१ लाख रुपैयाँ निकासा गरि सबै ठाउमा पठाई सकेको पनि जानकारी गराए ।
उनले प्रदेश ५ का २ ठाउँ बुटबल र दाङमा आयुर्वेद औषधि उत्पादन गर्नेगरी काम अगाडी बढाएको समेत बताए । बरालले भने ‘आयुर्वेदको प्रोटोकल बनाउन लागेको छौं ।’
प्रदेश ५ मा एउटा प्रादेशिक आर्युवेद चिकित्सालय, २ वटा अञ्चल तहको, ८ वटा जिल्ला तहको र ३९ स्थानीय तहमा ५४ वटा आयुर्वेदक केन्द्रहरु रहेका छन् । जहाँ २ सय ७३ जना स्वास्थ्यकर्मीहरु रहेको र त्यसमध्ये १५ जना चिकित्सक रहेको सामाजीक बिकास मन्त्रालय स्वास्थ्य महाशाखाका डा. पुष्पराज पौडेलले बताए ।
उनीहरुले मनोचिकित्सक तथा योग प्रशिक्षकहरुलाई समेत समेटेर होम क्वारेन्टाईन, क्वारेन्टाईनमा रहेका आम नागरिक, त्यसमा खटिएका स्वास्थ्यकर्मी, सुरक्षा कर्मीहरुलाई उपयुक्त आहार विहार (योग ध्यान, नृत्य, हास्य विधि) तथा घरेलु औषधीजन्य वनस्पतीको उपयोगबाट रोग प्रतिरोधात्मक क्षमता अभिवृद्धि गराउनुको साथै पेशागत तनाव व्यवस्थापनमा सहजीकरण गर्ने छन् ।
आयूर्वेद चिकित्सक डा. पुष्पराज पौडेलले आयुर्वेदीक चिकित्सा मार्फत कोरोना नियन्त्रण सम्भव हुने भएकाले प्रदेशमा पहिलो पटक आयुर्वेद स्वास्थ्यकर्मीलाई परिचालन गर्न लागिएको बताए ।
कोरोनाको तनाव व्यवस्थापन, निगरानी स्थल, एकान्तवासमा रहेका आम सर्वसाधरण तथा ति स्थलमा कार्यरत स्वास्थ्यकर्मीहरुलाई, तनाव व्यवस्थापन, रोग प्रतिरोधात्मक उपायहरु, सरसफाईका उपायहरु, सामाजिक दुरी राख्ने लगायतका विषयमा जानकारी गराउने बिधिकोबारेमा उनीहरुलाई परिचालन गर्ने डा पौडेलले बताए ।
पत्रकार सम्मेलनमा सामाजीक बिकास मन्त्रालयका सचिब डा गोपी कृष्ण खनाल, सामाजीक बिकास मन्त्रालय स्वास्थ्य महाशाखा प्रमुख डा उमाशंकर चौधरी लगायले आयुर्वेद र त्यस्का बारेमा छलफल गरेका थिए । सामाजीक बिकास मन्त्रालयले ‘आयुर्वेद तथा वैकल्पिक चिकित्सा पद्धतिबाट कोरोना भाईरस नियन्त्रण तथा व्यवस्थापन सन्दर्भमा स्रोत सामाग्री–२०७७’ समेत जारी गरेको छ ।