कोविड-१९ को नमूना जाँचका लागि प्रयोगशाला सम्बन्धी निर्देशिका तयार



Download our app to get more features

काठमाडौं, १५ वैशाख । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरसको नमूना जाँचकालागि अन्तरिम निर्देशिका तयार पारेको छ ।

सरकारले लिएको कोरोना भाइरसको परीक्षणको दायरा बढाउने रणनीतिका अनुसार प्रयोगशाला सम्बन्धी निर्देशिका तयार पारेको हो ।

मन्त्रालयको नियमित प्रेस ब्रिफिंगको क्रममा प्रवक्ता विकास देवकोटाले सरकारले कोरोना परीक्षणका लागि तयार पारेको निर्देशिका अनुसार अब नीजि अस्पतालले पनि नमूना परीक्षणकालागि प्रयोगशाला तयार पार्न सक्ने बताए । तर, नीजि अस्पतालले त्यसका लागि छुट्टै अनुमति सरकारसँग लिनुपर्ने पनि उनले जनाए ।

यस्तै नेपालमा अब १६ स्थानबाट पीसीआर विधिबाट कोरोना परीक्षण हुने भएको छ । आजबाट राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठामा पीसीआर विधिबाट नमूना परीक्षण सुरुभएसँगै १६ स्थानबाट पीसीआर विधिबाट कोरोना परीक्षण हुने प्रयोगशालाको संख्या १६ पुगेको हो । 

Last modified on 2020-04-27 16:43:11


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts