चिकित्सक संघलाई औषधि उत्पादक संघले दियो चिकित्सकको पहिचान जनाउने ज्याकेट



Download our app to get more features

काठमाडौं, १५ वैशाख । नेपाल औषधि उत्पादक संघले नेपाल चिकित्सक संघलाई चिकित्सकहरुको पहिचान जनाउने किसिमको ज्याकेट हस्तान्तरण गरेको छ। कोरोनाविरुद्धको लडाइका अग्रपंक्तिमा रहेर खटिइरहेका चिकित्सकहरुको पहिचान र सुरक्षामा सहयोग गर्ने गरी औषधि उत्पादक संघले चिकित्सक संघलाई ज्याकेट हस्तान्तरण गरेका हो ।

सोमबार आयोजित ज्याकेट हस्तान्तरण कार्यक्रममा नेपाल औषधि उत्पादक संघका महासचिव विप्लव अधिकारिले ज्याकेट लगाएका व्यक्तिलाई टाढैबाट चिन्न सकिने बताए । सो अबसरमा औषधि उत्पादक संघकातर्फबाट वरिष्ठ उपसभापती महेश प्रधान, उपाध्यक्ष सन्तोष बराल र महासचिब बिप्लब अधिकारीको उपस्थिति थियो। 

नेपाल चिकित्सक संघको तर्फबाट अध्यक्ष डा. लोचन कार्की, महासचिब डा. बद्री रिजाल, कोषाध्यक्ष डा. प्रकाश बुढाथोकी लगायतको उपस्थिति थियो। औषधि उत्पादक संघका वरिष्ठ उपाध्यक्षले नेपालमा उत्पादन हुने औषधिको अभाव हुन नदिन अहोरात्र खटिरहेको जानाए । चिकित्सक संघका अध्यक्ष डा. कार्कीले चिकित्सक संघ सधै सबै चिकित्सकहरुको सुरक्षा र पहिचानको लागि लडिरहेको र औषधि उत्पादकहरुले गरेको सहयोगको लागि धन्यवाद दिए । यी ज्याकेटहरु सकेसम्म देशभरिका चिकित्सकसम्म  पुर्याउने उनले बताए ।

केही दिन अगाडि पहिचान नभएकै कारण चिकित्सकमाथि दुव्र्यवहार भएको र अब फेरि नदोहोरिउन भनेर औषधि उत्पादकहरुले ती ज्याकेट उपलब्ध गराएको औषधि उत्पादक संघका महासचिब विप्लव अधिकारीले जानकारी गराए । 

Last modified on 2020-04-27 15:14:52


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts