प्रदेश २ का पत्रकारका लागि स्वास्थ्य सुरक्षा सामाग्री हस्तान्तरण



Download our app to get more features

जनकपुर,  १५ वैशाख । प्रदेश २ को सामाजिक विकास मन्त्रालयले कोरोना भाइरस महामारीबीच सूचना संकलन गर्ने पत्रकारका लागि स्वास्थ्य सुरक्षा सामाग्री उपलब्ध गराएको छ ।

कोरोना भाईरस (कोभिड– १९) को उच्च जोखिममा रहेको प्रदेश २ का आठ जिल्लाका पत्रकारका लागि समाजिक विकास मन्त्री नवलकिशोर शाहले पत्रकार महासंघ प्रदेश कमिटीका उपाध्यक्ष गायत्री मिश्रलाई ती सामाग्री हस्तान्तरण गरेकी हुन् । मन्त्री शाहले हजार वटा मास्क, हजार जोडा पन्जा र ४० लिटर स्यानीटाईजर  हस्तान्तरण गरेकी थिइन । 

यसैगरी सामाजिक विकास मन्त्रालयका सचिव डा. रामप्रसाद घिमिरेले  विपदको समयमा पनि जोखिम मोलेर कोरोना रोकथामका लागि जनतालाई सूसूचित बनाउन संलग्न पत्रकारहरुको स्वास्थ्य सुरक्षाका लागि प्रदेश सरकार संवेदनशील रहेको बताए । प्रदेश सरकारले कोभिड सम्वद्ध कार्यमा क्रियाशील रहने संचारकर्मीको मृत्यु भएमा निजको परिवारलाई ५० लाख रुपैयाँ क्षतिपूर्ति दिने निर्णयसमेत गरेको बताए । 

Last modified on 2020-04-27 14:07:07


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts