एक साताभित्र स्वास्थ्य सामग्री खरिदको कागज प्रस्तुत गर्न सरकारलाई लेखा समितिको निर्देशन

काठमाडौं, १५ वैशाख । सार्वजनिक लेखा समितिले स्वास्थ्य मन्त्रालयलाई स्वास्थ्य सामग्री खरिदको कागजात एक साताभित्र प्रस्तुत गर्न निर्देशन दिएको छ ।
आइतवार बसेको लेखा समितिको बैठकले चीनबाट स्वास्थ्य सामग्री ल्याउँदाका कागजात एक हप्ताभित्रमा उपलब्ध गराउन स्वास्थ्य मन्त्रालयलाई निर्देशन दिएको हो ।
समितिका सभापति भरत शाहले समय, सावधानीअनुसार समितिको बैठकलाई तीव्रता दिँदै ओम्नी समूहसँग गरिएको स्वास्थ्य सामग्री खरिदको कागजाता उपलब्ध गराउन निर्देशन दिइएको बताए ।
यस्तै, राष्ट्रिय सभाका दिगो विकास तथा सुशासन समितिको बैठकले कोरोना संक्रमण रोक्नका लागि अन्तर्राष्ट्रियस्तरमा भएका अभ्यासका बारेमा जानकारी लिन थालेको छ ।
Last modified on 2020-04-27 09:54:51