प्रतिपक्षी दल काँग्रेसले भन्यो: काेराेना परीक्षणका लागि पीसीआर जाँचलाई तीव्रता देऊ



Download our app to get more features

काठमाडौं, १५ वैशाख । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले कोभिड–१९ को पीसीआर प्रविधिको जाँचको दायरा बढाउन माग गरेको छ । 

सभापति शेरबहादुर देउवाले पार्टी पदाधिकारी, पूर्व स्वास्थ मन्त्रीहरु एवं स्वास्थ्य क्षेत्रका बिज्ञहरुसँग आइतवार छलफल गर्दै सरकारलाई द्रुत जाँच भन्दा पनि पीसीआरको परीक्षाणमा जोड दिन सरकारसँग आग्रह गरेका हुन् । 

बैठकपछि काँग्रेस सहमहामन्त्री प्रकाशसरण महतले नेपालमा कोरोना परीक्षणको जाँचको दायरा फराकिलो बनाउन पीसीआर विधिबाट गरिने जाँचलाई बढाउनुपर्ने बताए । उनले आरडिटी जाँचबाट शरीररमा एन्टीबडि मात्रै जाँच गर्न सकिने भएकाले मानिसमा कोरोना पुष्टि भए नभएको पत्ता लगाउन पीसीआर विधिलाई बढाउनुपर्ने उल्लेख गरे ।

बैठकमा सभापति देउवाले पर्याप्त सुरक्षा सामग्री अभावका विच देशभरी कार्य गरिरहेका स्वास्थकर्मि र सुरक्षाकर्मीको प्रशंसा गर्दै कोरोनालाई स्वास्थकर्मीकै नेतृत्व र सुरक्षाकर्मिको समन्वयमा परास्त गर्नुपर्ने बताएका थिए । 
 

Last modified on 2020-04-27 08:35:05


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts