पूर्व स्वास्थ्य राज्यमन्त्री डा.यादव अपहरणमा प्रहरीद्वारा जाहेरी लिन अस्वीकार

घटनामा संलग्नमाथि छानबिन गर्न एनएमएको माग



Download our app to get more features

काठमाडौं, १४ वैशाख । पूर्व स्वास्थ्य राज्यमन्त्री डा.सुरेन्द्र यादव अपहरणमा प्रहरीले जाहेरी लिन अस्विकार गरेको छ । 

बुधवार आफूलाई अपहरण गरेको भन्दै डा. यादव आइतवार दिउँसो जाहेरी दिन काठमाडौं प्रहरी परिसर टेकु पुगेका थिए । 

महोत्तरीबाट निर्वाचित सांसद समेत रहेका डा. यादव नेकपाका सांसदद्वय महेश बस्नेत र कृष्णकुमार श्रेष्ठ किसान तथा पूर्वआइजिपी सर्वेन्द्र खनालले महोत्तरीबाट आफूलाई अपहरण गरी काठमाडौं ल्याएको भन्दै किटानी जाहेरी दिन दिउँसो ३ बजे प्रहरी परिसर टेकु पुगेका थिए । 

तर, प्रहरीले घटना यहाँको नभएको भन्दै जिल्लामै गएर जाहेरी दिन भन्दै जोहेरी लिन नमानेपछि साँझ ५ बजे उनी त्यहाँबाट फर्किएका थिए ।

यसैबीच, नेपाल चिकित्सक संघले पूर्व स्वास्थ्य राज्यमन्त्री डा. यादवलाई अपहरण गरेकोप्रति विरोध जनाएको छ । 

प्रदेश २ को कोरोनाको रोकथामका लागि गठित उच्च स्तरीय स्वास्थ्य सल्लाहाकार समितिका सदस्य रहेको तथा कोरोना विरुद्धको लडाइमा लागिरहेका बेला राज्यको संयन्त्रले अधिकारको दुरुपयोग गर्दै आधारभूत मानव अधिकारको मान्यता विपरित मानसिक दवाव सिर्जना गर्दै अपहरणशैलीमा रातारात काठमाडौं ल्याएको भन्दै संघले विरोध जनाएको छ ।

संघले घटनामा संलग्नमाथि अबिलम्ब छानबिन गरी सत्यतथ्य सार्वजनिक गर्दै कानून बमाजोजिम कार्बाही गर्न पनि माग गरेको छ ।


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts