वैशाख २५ सम्म लम्बियो लकडाउन

काठमाडौं, १४ वैशाख । सरकारले २५ गतेसम्म लकडाउन लम्ब्याउने निर्णय गरेको छ ।
आइतवार बसेको मन्त्रिपरिषद्को बैठकले २५ वैशाखसम्म लकडाउनको समयावधि थप गर्ने निर्णय गरेको हो ।
मुलुकमा दिनप्रतिदिन कोरोना संक्रमितको संख्या थपिँदै गएपछि र छिमेकि मुलुक भारतमा कोरोना संक्रमित बढ्दै गएपछि सरकारले लकडाउन थप्ने निर्णय गरेको हो ।