कोरोना जितेर १६ जना घर फर्किए, संक्रमितको संख्या ५१  



Download our app to get more features

काठमाडौं, १४ वैशाख । नेपालमा कोरोनाका कारण संक्रमित भएकामध्ये १६ जना स्वस्थ भएर घर फर्किएका छन् ।

कोरोना विरुद्धको लडाइ जितेर आज नारायणी अस्पतालबाट ४ जनाले कोरोना विरुद्धको लडाइ जित्दै अस्पतालबाट फिर्ता भएसँगै घर फर्किनेको संख्या १६ पुगेको छ ।

रौतहटका १९ वर्षका युवक १२ दिनपछि र पर्साका मस्जिदमा भेटिएका ३ जना १५ दिनपछि आज घर फर्किएका हुन् । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित प्रेस ब्रिफिंगको क्रममा प्रदेश २ मा थप कोरोना परीक्षणको जाँचको दायरा विस्तार गर्ने तयारी गरेको छ । 

यस्तै उदयपुर र झापामा पनि कोरोना परीक्षणको दायरा बढाउने र तीव्रता दिने तयारी मन्त्रालयले गरेको छ ।

हालसम्म नेपालमा कोरोना संक्रमितको संख्या ५१ रहेको छ । आजमात्रै पर्साका २  जना ५० वर्षीय पुरुषहरुमा कोरोना पुष्टि भएसँगै संख्या ५१ पुगेको हो ।

Last modified on 2020-04-26 16:30:40


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts