दमकका कोरोना संक्रमितको यस्तो छ प्रारम्भिक ट्राभल हिष्ट्री



Download our app to get more features

दमक, १४ वैशाख । दमक नगरपालिका–३ मा कोरोना संक्रमण पुष्टि भएसँगै संक्रमितको ट्राभल हिष्ट्री खोज्ने र सम्पर्कमा आएकाहरुको नमूना संकलन गरी परीक्षण भइरहेको छ । 

दमक नगरपालिकाका अनुसार गत शुक्रबार गरिएको पीसीआर परीक्षणमा दमक नगरपालिका– ३ का ६२ बर्षीय पुरुषमा कोभिड–१९ संक्रमण पुष्टि भएको थियो । दमक नगरपालिका क्वारेन्टाइन ब्यवस्थापन समतिका सदस्य सचिव कुवेर भट्टराईंका अनुसार ६ चैत विहान ८ बजे (आरए २३०) नेपाल एयरलाइन्समार्फत संक्रमित पुरुषका छोरा दुबईबाट काठमाडौं आएको र त्यसपछि गाडीमार्फत सिधै झापाको दमकस्थित घर आएको थिए । उनका अनुसार घरका  भार जना परिवारको आरडीटी परीक्षण गर्दा बाबुमा मात्रै कोरोना पोजेटटिभ देखिएको थियो । आमा, छोरा र बुहारीमा नेगेटिभ आएको थियो । त्यसपछि कोभिड–१९ को संक्रमण भए नभएको यकिन गर्न चारै जनाको स्वाब लिइ परीक्षण गर्दा बाबुमा मात्रै कोभिड–१९ संक्रमण पुष्टि भएको थियो ।

दमक–३ का वडा अध्यक्ष नबिन बरालका अनुसार बिदेशबाट आएका संक्रमित पुरुषका छोरा १४ दिन होम क्वारेन्टाइनमा बसेको र त्यस बिचमा उनको घरमा आशौच कार्य (मराउ) समेत परेको थियो । बिदेशबाट आएका युवाकी हजुरआमाको तेह्रथुममा निधन भएको र काजकर्म भने दमकस्थित संक्रमण पुष्टि भएकै घरमा गरिएको थियो । त्यस बिचमा घर परिवारको सम्पर्कमा आएका ब्यक्तिहरु र छर छिमेकी आफन्तहरुको ट्रेसिङ भइरहेको वडा अध्यक्ष बरालले बताए । वडा अध्यक्ष बरालका अनुसार हालसम्म घर परिवारको प्रत्यक्ष सम्पर्कमा आएका ३९ जनाको नामावली संकलन गरी परीक्षणको तयारी भइरहेको छ । साथै काठमाडौंबाट झापा आउने क्रममा बिदेशबाट आएका संक्रमितका छोरासंगै झापा बिर्तामोडका एक पुरुष समेत बसमासँगै आएको प्रारम्भिक जानकारी प्राप्त भएको र छ ।

नगरपालिका श्रोतले दिएको जानकारी अनुसार संक्रमित परिवारमा ताप्लेजुंङ, सुनसरी, इटहरीबाट समेत केही आफन्तहरु सम्पर्कमा आएको प्रारम्भिक जानकारी छ ।  सोको यकिन गर्ने कार्य भइरहेको क्वारेनटाइन ब्यवस्थापन समिति सदस्य सचिव भट्टराईंले बताए । संक्रमितलाई कोशी कोभिड अस्पताल विराटनगर लगिएको र अन्य तीन जनाको दमक अस्पतालको आइसोलेशन वार्डमा उपचार भइरहेको दमक नगरपालिकाकी उपप्रमुख गीता अधिकारीले जानकारी दिइन । अधिकारीका अनुसार दमक नगरपालिका बिशेष गरी वडा नंम्बर ३ लाई केन्द्रित गरी चार किल्ला तोकेर आवतजावतमा रोक लगाई सिलगरि सकिएको छ ।

साथै प्रदेश सरकार एवं केन्द्रिय सरकारलाई समेत जानकारी गराईं अन्य प्राविधिक सहयोग तथा परीक्षणका लागि आवश्यक सामग्रीसहित चिकित्सकको टोली माग गरि सकिएको छ ।
 


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts