पर्सामा फेरि थपिए २ जना कोरोना संक्रमित

काठमाडौं, १४ वैशाख । पर्सा जिल्लाका २ जनामा फेरि कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पर्साका दुई जना व्यक्तिमा कोरोना पुष्टि भएको हो । संक्रमितहरु दुबै जना पुरुष छन् । दुवै जना वीरगञ्ज निवासी हुन् र दुबैजनाको उमेर ५० वर्ष रहेको मन्त्रालयले जनाएको छ ।
योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ५१ पुगेको छ ।
Last modified on 2020-04-26 12:54:43