स्यानिटाइजिङ्ग टनेलः फाइदा भन्दा हानी बढी !



Download our app to get more features

काठमाडौं, १४ वैशाख । कोरोनाभाइरस संक्रमण कम गर्ने भन्दै विभिन्न अस्पताल तथा सार्वजनिक स्थानमा पूरा शरीरलाई संक्रमणमुक्त बनाउन गर्ने स्यानिटाइजिङ्ग टनेल जडान गर्ने क्रम बढेको छ । विभिन्न अस्पतालहरुले त यसलाई प्रयोगमा समेत ल्याइसकेका छन् । पोखरा स्वास्थ्य विज्ञान प्रतिस्ठान, चितवनको भरतपुर अस्पताल, सेती प्रादेशिक अस्पताल आदिमा स्यानिटाइजिङ्ग टनेल भनेर पुरै शरीरलाई किटनासक औषधि छर्ने उपकरण जडान गरिएको छ । 

विज्ञहरुले भने यसले फाइदा भन्दा हानी बढी गर्ने बताएका छन । उक्त टनेलबाट छरिने औषधिले छाला र आखामा हानी पुर्याउने र धेरै पटक यस्तो औषधि शरीरमा छर्केमा अन्य जटिल समस्याहरु निम्त्याउने बताएका छन् । 

छालारोग विशेषज्ञ डा सुदिप पराजुलीका अनुसार यस्तो औषधिले मानिसको स्वास्थ्यमा थप नकारात्मक असर गर्ने बताएका छन् । डा.पराजुली भन्छ्न, ‘स्यानिटाइजिङ टनेल भित्र मानिसको स्वासको माध्यमबाट केमिकल सिँधै फोक्सोसम्म पुग्न सक्छ । त्यसले अर्को समस्या निम्त्याउन सक्छ ।’

स्यानिटाइजिङ टनेल भित्र जाँदा टनेलमा छर्काउ हुने पदार्थले मानिसको आँखा र छालामा पनि समस्या उत्पन्न गराउन सक्ने हुनाले त्यस्ता टनेलको ठाउँमा बरु हात धुने बानीकै विकास गर्नुपर्ने उनको भनाइ छ ।

केमिकलयुक्त स्यानिटाइजिङ पदार्थले छालामा एलर्जी गराउने, श्वासप्रश्वासमा समस्या निम्तिने हुनाले सकेसम्म त्यस्ता टनेको प्रयोग नगर्नु नै उचित हुने डा. पराजुलीको भनाइ छ ।

भारतमा समेत यस्ता टनेल प्रयोगमा सरकार र विभिन्न अस्पतालहरुले प्रतिबन्ध लगाएका छन् ।  यसले मानिसहरु हात धुन भन्दा बढी यो टनेलमा भाइरस मुक्त गर्न लाग्ने र स्थिती थप विग्रीने चेतावनी नि दिएका छन । फिलिपिन्सको स्वास्थ्य मन्त्रालयले पनि यसबारे सार्वजनिक सुचना नै जारी गरेर यस्ता टनेल प्रयोग नगर्न भनेको छ । विश्व स्वास्थ्य संगठनले यस्ता सेनीटाइजिङ्ग टनेलहरुले फाइदा गर्ने बारेमा केही उल्लेख गरेका छैनन् ।

Last modified on 2020-04-26 07:40:47


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts