क्वारेन्टाइनमा रहेका व्यक्तिमा औंलो पोजेटिभ, कोरोना संक्रमित सबैको स्वास्थ्य सामान्य



Download our app to get more features

काठमाडौं, १३ वैशाख । कोरोना भाइरसका लागि क्वारेन्टाइनमा रहेका केही व्यक्तिमा औंलो पोजेटिभ देखिएको छ ।

लामखुट्टेको टोकाइबाट लाग्ने औंलोका कारण नेपालका विभिन्न स्थानमा क्वारेन्टाइनमा रहेका केही व्यक्तिमा औंलो पोजेटिभ देखिएको हो । तर, कतिजनामा औंलो पोजेटिभ देखियो भन्ने खुलाइएको छैन ।

विश्वभमा हेर २ मिनेटमा एक जना बच्चाको औंलोका कारण मृत्यु हुने गरेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आफ्नो नियमित प्रेस ब्रिफिंगको क्रममा औंलोको नियन्त्रणका लागि लामखुट्टेको नियन्त्रणमा ध्यान दिन आग्रह गरेको छ । 

यस्तै नेपालमा बुधवार ४ बजेसम्म कुनैपनि नयाँ कोरोना संक्रमित फेला नपरेको मन्त्रालयका प्रवक्ता डा.विकास देवकोटाले बताए ।

उनले हालसम्म नेपालमा संक्रमित भएकामध्ये १२ जना स्वस्थ भएर घर फर्किएको र ३७ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको र सबैको स्वास्थ्य अवस्था सामान्य रहेको बताए ।
 

Last modified on 2020-04-25 16:31:58


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts