सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशकको माग :  कोल्टीमा कि चिकित्सक पठाउ नभए मलाई नै खटाउ



Download our app to get more features

काठमाडौं, १३ वैशाख । सुदूरपश्चिम प्रदेशका स्वास्थ्य निर्देशक डा. गुणराज अवस्थीले प्राथमिक स्वास्थ्य केन्द्र बाजुरा कोल्टीमा तत्काल चिकित्सक पठाउन स्वास्थ्य मन्त्रालयसँग आग्रह गरेका छन् । उनले यदि मन्त्रालयले सो स्थानमा अन्य चिकित्सक पठाउन नसक्ने भए आफैलाई सो केन्द्रमा काजमा खटाउन माग गरेका छन् ।

सुदूरपश्चिम प्रदेशको बाजुराको कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रमा लामो समयदेखि चिकित्सक पदपूर्ति हुन नसकेको र  विश्वव्यपी रुपमा फैलिएको कोरोना भाइरस रोगको उपचारका लागि यस प्रथमिक स्वास्थ्य केन्द्रमा आइसोलेसन कक्ष भए पनि चिकित्सक अभाव भएको डा. अवस्थीको भनाइ छ । स्थानीयको गुनासो अुनसार प्रदेश स्वास्थ्य निर्देशनालयले चिकित्सक पदपूर्ति तुरुन्तै गर्न नसक्ने भएकाले बाजुरा जिल्ला अस्पतालमा कार्यरत चिकित्सकहरू मध्ये एक जनालाई काजमा खटाउन पत्राचार गरेकोमा अस्पतालले त्यस पत्र अनुसार चिकित्सक खटाउन नसकिने जानकारी दिएको उनको भनाइ छ । त्यसपछि नेपाल सरकारको छात्रवृत्तिमा अध्ययनरत डा. राजुराज जैशीलाई कोरोना रोगको महामारी नियन्त्रण नभहुन्जेलसम्मको लागि खटिएकै ठाउँबाट तलब भत्ता पाउने गरि कामकाज गर्न पुनः पत्रचार गरिए पनि डा. जैशीले पनि अटेर गरेको उनको भनाइ छ । 

यसरी प्रदेश अन्तर्गतको कार्यालयहरुको दिर्शेशन अटेर गरेका कारण सो स्वास्थ्य केन्द्रमा यथागिशघ्र चिकित्सक खटाइन दिन डा. अवस्थीले अनुरोग गरेका छन् ।
 

Last modified on 2020-04-25 16:15:42


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts