बागलुंगकी १९ वर्षीय युवतीले जितिन् कोरोनासँगको लडाई

पर्वत, १३ वैशाख । धौलागिरी अस्पताल बागलुङमा उपचाररत १९ वर्षीया यवती स्वस्थ भएर घर फर्किएकी छिन् ।
कोरोना भाइरसको संक्रमण भई उपचाररत १९ वर्षिया युवती निको भएर शुक्रवार राति घर फर्किएकी हुन् ।
पाँचौं र छैठौं पटकको स्वाब परीक्षणको रिपोर्ट ‘नेगेटिभ’ अर्थात उनमा कोरोनाको संक्रमण हटेको ठहर भएपछि राती १० बजे उनलाई अस्पताललले डिस्चार्ज गरिएको हो ।
गत चैत ४ गते बेल्जियमबाट कतारको दोहा ट्रान्जिट भइ कतार एयरवेजको विमानबाट नेपाल आएकी उनमा १५ चैतमा कोरोना संक्रमण पुष्टि भएको थियो । उनी सवार विमानमा आएकी काठमाडौंकी १९ वर्षीया युवतीलाई कोरोना संक्रमण पुष्टि भएपछि यिनको पनि स्वाब परीक्षण गरिएको थियो ।
यससँगै अस्पतालमा कोभिड–१९ पोजेटिभ भएर आइसोलेसनमा उपचाररत दुवै जना निको भई डिस्चार्ज भएका छन् ।
युवतिसँगै बेल्जियमबाट आएकी बागलुङ नगरपालिका–३ गौडाकोटकी ६५ वर्षीया महिलापनि वैशाख ६ मा निको भइ घर फर्कि सकेकि छिन् ।
घर फर्कने क्रममा युवतीले कोरोना जित्नुमा आत्मविश्वास, धैर्यता र र सन्तुलित खाना भएको भन्दै अस्पतालमा उपचार गर्ने सम्पूर्ण स्वास्थ्यकर्मीलाई धन्यवाद दिइन् ।