प्रदेश नं. ५ स्वास्थ्य आपूर्ति केन्द्रलाई २ सय थान पीपीई प्रदान

रुपन्देही, १३ वैशाख । संयुक्त राष्ट्र संघिय जनसंख्या कोषले नेपाल सरकारलाई १२ सय व्यक्तिगत सुरक्षा उपकरण (पीपीई) प्रदान गरेको छ ।
विश्वमा महामारिको रुपमा फैलिएको कोरोना भाईरसलाई नियन्तण र रोकथामको लागी नेपाल सरकारलाई उक्त पिपीई हस्तान्तण गरेको हो ।
उक्त १२ सय पिपीई मध्ये प्रदेश नं ५ स्वास्थ्य आपूर्ति केन्द्रलाई २ सय पिस पिपीई प्रदान गरिएको युएनएफका क्षेत्रिय संयोजक राम थापाले बताए ।
आपुर्ति केन्द्रका निर्देशक दिनेश कुमार चापागार्इंले महामारि नियन्तणमा सबैको सहयोग आवश्यक हुने बताए । आवश्यक ठाउमा यी पिपीई प्रयोग गरिने चापागाईंले बताए ।
यस पिपीई कोरोना संक्रमितको उपचारमा संग्लन स्वास्थ्यकर्मि ल्याबका कर्मचारीहरुको सुरक्षाको लागी आबश्यक हुने युएनएफका एडभाईजर रस्मीता पौडेले बताईन् । संयुक्त राष्ट्र संघिय जनसंख्या कोषले नेपालमा विभिन्न सहयोग गर्दे आएको छ ।