झापामा पनि भेटियो कोरोना, ६२ वर्षका पुरुष संक्रमित

काठमाडौं, १२ वैशाख । नेपालमा फेरि एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य मन्त्रालयका सहायक प्रवक्ता डा. समिर अधिकारीका अनुसार अध्यावधिक विवरण अनुसार बी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रयोगशालामा आज भएको परीक्षणमा थप एक जनामा कोरोना पुष्टी भएको संख्या हो ।
संक्रमित व्यक्ति झापाका ६२ वर्षका पुरुष हुन् । योसँगै नेपालमा कोरोना संक्रमित ४९ पुगेको छ ।
Last modified on 2020-04-24 20:19:35