प्रदेश २ का २७ स्थानमा थ्रोट स्वाब संकलन गर्न विशेष टोली परिचालन गर्ने निर्णय



Download our app to get more features

काठमाडौ, १२ वैशाख । सरकारले प्रदेश २ का २७ स्थानमा सम्भावित कोरोना संक्रमितको स्वाब संकलनका लागि विशेष टोली परिचालन गरेको छ । सर्लाहीको धनकौलमा १४ वर्षको किशोरमा कोरोना संक्रमण पुष्टि भएपछि स्वास्थ्य मन्त्रालयले स्वास्थ्य सेवा विभाग, नेपाली सेना र प्रयोगशाला विज्ञ सम्मिलित टोली प्रदेश २ का ८ जिल्लामा परिचालन गर्ने निर्णय गरेको हो । 

मन्त्रालयको नियमित प्रेस ब्रिफिंगमा प्रवक्ता विकास देवकोटाले प्रदेश २ का ८ जिल्लाका २७ स्थानमा स्वाब संकलनका लागि टोली परिचालन गरिएको बताए । यस्तै बिहीवार भेटिएका तेस्रो कोरोना संक्रमित भोजपुरका युवक ३० फागुनमा सउदी अरबबाट नेपाल फर्किएको र उनको संसर्ग र सम्पर्कमा आएकाहरुको खोजी गरि पहिचान पनि भइरहेको डा. देवकोटाले जानकारी दिए । 

उदयपुरको त्रियुगा नगरपालिका र चौदण्डि नगरपालिकाकाका ७८ जनाको स्वाब कोशी अस्पतालमा परीक्षणका लागि पठाइएको भन्दै उनले ती सबै संकलन गरिएको नमूना संक्रमित व्यक्तिको संसर्ग र सम्पर्कमा आएको बताए । सरकारले विभिन्न क्षेत्रमा कोरोना परीक्षणको दायरा बढाउनका लागि टोली गठन गरेको छ । कोरोना महामारी नियन्त्रण र रोकथाम तथा टेस्टिंगमा सहयोग हुने उदेश्यले गठन गरिएको टोलीमा प्रयोगशालाका एक जना टेक्निसियन, जनस्वास्थ्य अधिकृत र पारामेडिक्स वा नर्समध्ये एक जना रहने छन् ।

नेपालमा हालसम्म ४७ हजार चार सय ९६ जनाको दुई विधिबाट नमूना परीक्षण गरिएको बताएको छ । जसमा ९ हजार ४ सय ७ पिसीआर विधिबाट र ३८ हजार ८९ र्यापिड टेस्ट गरिएको छ । यस्तै सरकारले बनाएको स्वमूल्यांकन फारम भरेका २४ हजार ९ सय २६ जनामध्ये २ सय ८७ जना रेड जोनमा परेका छन् ।

Last modified on 2020-04-24 16:51:47


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts