सुदूरपश्चिमका ६ जनाको आरडिटी रिपोर्ट पोजेटिभ तर पिसिआरमा चारको नेगेटिभ

धनगढी, १२ वैशाख । सुदूरपश्चिमका विभिन्न जिल्लाका ६ जनाजनामा कोरोना भाइरसको र्यापिड डाग्नोष्टिक टेस्ट रिपोर्ट पोजेटिभ देखाएको छ। प्रदेश स्वास्थ्य आपतकालिन केन्द्र डोटीले दिएको जानकारी अनुसार बाजुरा र कैलालीमा २–२ तथा अछाम र डडेल्धुरा १–१ गरी ६ जनामा र्यापिड टेस्ट रिपोर्ट पोजेटिभ देखाएको हो।
६ जना मध्ये अहिलेसम्म चार जनाको मात्रै पिसिआर परीक्षण गरिएको केन्द्रले जनाएको छ। पिसिआर परीक्षणमा भने चारै जनाको रिपोर्ट नेगेटिभ देखाएको छ । बाँकी दुई जनाको पिसिआर परीक्षण बाँकी रहेको केन्द्रले जनाएको छ। यस्तै केन्द्रले अछाम र बाजुरामा २–२ र दार्चुलामा एक जनाको रिर्पोट इरर आएको जनाएको छ।
Last modified on 2020-04-24 16:22:49