के वायु प्रदूषणले बढाउँदैछ कोरोना संक्रमितको मृत्युदर ?



Download our app to get more features

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) का अनुसार वायु प्रदूषणको उच्च दर कोरोना भाइरस (कोभिड–१९) को गम्भीर स्थितिका लागि जोखिम हुन सक्छ । हालै सार्वजनिक गरिएको दुई अध्ययनमा उच्च वायु प्रदूषण र कोरोना भाइरसबाट हुने मृत्युको अधिकांश कारणबीच एउटा समान सम्बन्ध भेटिएको छ । हार्वर्ड युनिभर्सिटीका अध्ययनकर्ताले गरेको अध्ययनमा यो प्रमाणित पनि भएको छ । 

डब्लुएचओका डिपार्टमेन्ट अफ पब्लिक हेल्थ एन्ड इन्भायरोमेन्टका निर्देशक डा. मारिया निराका अनुसार यदि विभिन्न मुलुकमा प्रदूषणको दर उच्च हुन्छ भने कोभिड–१९ विरुद्धको लडाइमा यो विषयलाई पनि ध्यान दिनुपर्छ । किनकी वायु प्रदूषणका कारण कोभिड–१९ संक्रमित बिरामीको मृत्युदरमा वृद्धि हुने आशंका गरिएको छ । उनले भनिन्, ‘हामी ल्याटिन अमेरिका, अफ्रिका र एशियामाथि अहिले ध्यान दिइ राखेका छौं । हामी आफ्नो तथ्यांकको आधारमा सबैभन्दा बढी प्रदूषित शहरहरूको नक्सांकन गरिरहेका छौं । जसले यी क्षेत्रमा सरकारलाई सहयोग गर्न सकियोस् । यसबाट उनीहरूले महामारीबाट लड्न सही तरिकाले तयारी गर्न सक्छन् ।’

मेडिकल प्रोफेसनल्सहरू पनि यो कुरामा सहमत छन् की अहिले यो प्रमाणित गर्नु हतार हुनेछ कोभिड–१९ र उच्च वायु प्रदूषणको स्तरकाबीच कुनै सम्बन्ध छ । तर, केही देशका मेडिकल प्रोफेसनल्सका अनुसार केही यस्ता बिरामी भेटिएका छन् जो पहिलेदेखि नै वायु प्रदूषणसँग सम्बन्धित रोगबाट पीडित थिए । पछि उनीहरु कोभिड–१९ को संक्रमणको चपेटामा आए ।

वायु प्रदूषणका कारण वार्षिक ७० लाखको मृत्यु
विश्व स्वास्थ्य संगठनको अनुमान छ की वायु प्रदूषणका कारण प्रत्येक वर्ष करिब ७० लाख मानिसको मृत्यु हुन्छ । विश्व बैंकको वायु प्रदूषणका वैश्विक वितरणमा गतवर्ष जारी एक प्रतिवेदन अनुसार वायु प्रदूषणबाट प्रभावित देशहरुमध्ये कतिपय दक्षिण एसिया, मध्यपूर्व एसिया, सब–सहारा अफ्रिका र उत्तरी अफ्रिकाका देश छन् ।

विश्व स्वास्थ्य संगठन र यूएन इन्भायरोमेन्टको विभिन्न प्रतिवेदनमा ल्याटिन अमेरिकी देश चिली, ब्राजिल, म्याक्सिको र पेरूमा पनि वायु प्रदूषणको खतरनाक स्तर छ । लामो समयसम्म वायु प्रदूषणमा रहने क्रममा पर्ने असरमा हार्वर्ड यूनिभर्सिटीको एक अध्ययनमा महामारीभन्दा पहिलेको केही वर्षमा प्रदूषणको स्तरमा सामान्य वृद्धिका कारण कोभिड–१९ का कारण मृत्युदरमा करिब १५ प्रतिशतले वृद्धि हुन सक्छ । अमेरिकाको प्रायः जसो क्षेत्रमा गरिएको यस अध्ययनमा पूरै देशको वायु प्रदूषणको स्तर र जनगणनाको तथ्यांकको तुलनामा जोन होपकिन्स यूनिभर्सिटीका सेन्टर फर सिस्टम्स एन्ड इन्जीनियरिंङले कोरोना भाइरस रिसोर्स सेन्टरलाई कोभिड–१९ मृत्युदरको तथ्यांकसँग गरिएको थियो ।

हार्वर्ड यूनिभर्सिटी टीएच चेन स्कूल अफ पब्लिक हेल्थका अनुसन्धानकर्ताका निश्कर्ष अनुसार त्यस्ता स्थानमा मृत्यु धेरै हुन्छ जहाँ फाइन पार्टिकल्स (पीएम २ दशमलव ५ भनिन्छ) को घनत्व अधिक हुन्छ । अर्थात् प्रदूषणको यस्तो दर जसले मानिसको स्वास्थ्यमा नराम्रो असर पार्ने गर्छ । यसले मानिसको श्वासप्रश्वास प्रणालीलाई खराब गर्ने काम गर्छ र मानिसको आँखा, नाक, घाँटी र फोक्सोमा संक्रमण गरि कफ, रुघाखोकी र श्वास फेर्न समस्या उत्पन्न गराउँछ । 

हार्वर्ड यूनिभर्सिटीको रिर्पाेटमा, कोभिड–१९ को मृत्युदर सामान्यतया बढी जनघनत्व र उच्च पीएम (२ दशमलव ५) हुने क्षेत्र दुबैमा भइरहेको पाइएको छ । पीएम २ दशमलव ५ फाइन पार्टिकल्स हो । जसको आकार मानिसको कपालको एक तिहाई भागको बराबर हुन्छ । जुन पार्टिकल्स श्वासको माध्यमबाट फोक्सो र धमनीमा पुग्न सक्छ । यसलाई पहिले पनि रेस्पिरेटरी इन्फेक्सन र कलेजोको क्यान्सर जस्ता स्वास्थ्य समस्यासँग जोडिने गरिएको छ ।

यस अध्ययनमा पनि अहिले अर्को संस्थानले समिक्षा गरेको छैन । तर, जर्मनीको लुडविग म्याक्सिमिलियन्स यूनिभर्सिटीका इपिडेमियोलोजीका अध्यक्ष प्रोफेसर एनिटे पिटर्सले निश्कर्ष प्रशंसनीय भएको बताए । उनले भने, ‘यो हस्पिटलाइजेसन र निमोनियाका कारण हुने मृत्युमा आधारित पछिल्लो अध्ययनमा उल्लेख गरिएको छ ।’ आफ्नो अध्ययन मध्येको एक हो जसले हाम्रो आशंका र हाइपोथेसिसलाई पुष्टि गर्छ भन्दै उनले कोभिड–१९ को गम्भीरतालाई पनि वायु प्रदूषणसँग जोड्न सकिने उल्लेख गरे । 

एक अन्य अध्ययनको केन्द्र उत्तरी इटली थियो । यस अध्ययनमा पनि धेरै वायु प्रदूषण र कोभिड–१९ का कारण उच्च मृत्युदरबीच सम्बन्ध हुन सक्ने उल्लेख गरिएको छ । इटलीको यूनिभर्सिटी अफÞ सिएना र डेनमार्कको आर्हस यूनिभर्सिटीका अध्ययनकर्ताले यो अध्ययन गरेका थिए । इटलीको आधिकारिक तथ्यांक हेर्ने हो भने लोम्बार्डी र एमिलिया रोमाग्नामा कोभिड–१९ का कारण २१ मार्चसम्म भएको मृत्युको दर करिब १२ प्रतिशत थियो । जबकी इटलीको अन्य क्षेत्रका लागि यो तथ्यांक मात्र ४ दशमलव ५ प्रतिशत थियो । साइन्स डाइरेक्टमा प्रकासित यस अध्ययनमा भनिएको छ, ‘उत्तरी इटलीमा प्रदूषणको उच्चस्तर त्यस क्षेत्रमा कोभिड–१९ को कारण भएकाले त्यहाँ सबैभन्दा धेरै मानिसको मृत्यु हुनुको कारण हो ।’ यसमा यो पनि उल्लेख गरिएको छ की, जनसंख्या, उमेर, फरकफरक स्वास्थ्य प्रणाली र क्षेत्रमा रोकथाम नियन्त्रणका लागि विभिन्न अपनाइएको उपायलाई पनि ध्यानमा राख्नु जरुरी छ । 

विकासशील देशमा वायु प्रदूषण
विश्व स्वास्थ्य संगठनका अनुसार संसारभर ९० प्रतिशत जनसंख्या यस्तो ठाउँमा बसोबास गर्छन् जहाँको वायु प्रदूषण सबैभन्दा उच्च छ । सीजर बुगाओइसान एक रेस्पिरेटरी थेरेपिस्ट हुन् । उनी फिलिपिन्सको एसोसिएशन फर रेस्पिरेटरी केयर प्रैक्टिशनर्सका साथ काम गरिरहेका छन् । उनी भन्छन्, ‘हाम्रो मुलुको सुरुको तथ्यांक अनुसार देशमा कोरोना भाइरसका कारण मर्नेहरू लगभग सबैजना पहिलेदेखि नै कुनै न कुनै रोगका कारण पीडित थिए । त्यसमा पनि अधिकांश वायु प्रदूषणसँग सम्बन्धित रोग थियो ।’

वल्र्ड एयर क्वालिटी रिपोर्ट २०१९ का अनुसार भारतमा उच्च वायु प्रदूषण रहेको क्षेत्रका नागरिक बढी प्रभावित छन् । भारतको महाराष्ट्र, दिल्ली, गुडगाउँलगायतका क्षेत्रमा कोरोना संक्रमित बढी छन् ।

भारतका केही डाक्टरले बताए अनुसार वायु प्रदूषणका कारण लागेको रोग र कोरोना भाइरसको सन्दर्भमा सम्भावित सम्बन्धलाई गम्भीरताका साथ हेरिरहेको छ ।

दिल्लीको प्राइमस सुपर स्पेशियलिटी हस्पिटलको डिपार्टमेन्ट अफÞ पल्मोनरीका प्रमुख डा. एसके छाबड़ाको अुनसार यदि भाइरस ठूलो मात्रामा बिस्तार हुन्छ भने वायु प्रदूषणका कारण उत्पन्न हुने रोगबाट ग्रसित हुने निश्चित छ । त्यसले मानिसलाई नराम्रो तरिकाले प्राभावित गर्न सक्छ । पब्लिक हेल्थ फाउन्डेशन इन्डियाका अध्यक्ष प्रोफÞेसर श्रीनाथ रेड्डी पनि यसमा सहमत छन् । उनी भन्छन्, ‘यदि वायु प्रदूषणले फोक्सोको कोषलाई नोक्सान गरिसकेको छ भने कोरोना भाइरससँग लड्ने क्षमता कम हुन्छ ।’ 

तर, भारत सरकारको स्वास्थ्य अधिकारीका अनुसार अहिले पनि कोरोना र वायु प्रदूषणकोबीच कुनै न कुनै सम्बन्ध प्रमाणित गर्ने पर्याप्त जानकारी छैन । इन्डियन काउन्सिल फर मेडिकल रिसर्च (आईसीएमआर) का प्रवक्ता डा. रजनी कान्त श्रीवास्त भन्छन्, ‘यो कुराको कुनै ठोस प्रमाण छैन । हामी यस प्रकारको विभिन्न अध्ययन पनि गरिरहेका छौं ।’

सार्स र वायु प्रदूषण
सन् २००३ मा फैलिएको सिवियर एक्यूट रेस्पिरेटरी सिन्ड्रोम (सार्स) का कारण त्यसबेला महामारी हुने कोरोना भाइरसको अर्को शाखा थियो । सार्स २६ देशमा फैलेको थियो र यसबाट आठ हजार मानिस संक्रमित भएका थिए । जसकारण करिब आठ सय मानिसको मृत्यु भएको थियो । २००३ मा यूसीएलए स्कूल अफ पब्लिक हेल्थका अध्ययनकर्ताले गरेको एक अध्ययनमा उच्च वायु प्रदूषण भएको क्षेत्रबाट आउने बिरामीमा सार्सबाट मृत्यु हुने सम्भावना दुई गुणाले बढी हुन्छ ।

कोरोना भाइरस महामारीका कारण वायु प्रदूषणको स्तरमा सुधार आएको छ । तर, लकडाउनमा लचिलो गर्नासाथ यसमा फेरि वृद्धि हुने आशंका गरिएको छ । हार्वर्डले हालै सार्वजनिक गरेको रिपोर्टका लेखकमध्येका एक प्रोफेसर फ्रैन्सेस्का डोमिनिकीका अनुसार यो रिपोर्टले सरकारलाई वायु प्रदूषणको असरलाई ध्यानमा राखेर केही निर्णय गर्नमा सहज हुनेछ । उनले भने, ‘हामीलाई आशा छकी हावाको गुणस्तरलाई अझ खराब बनाउनबाट रोक्न हाम्रो प्रतिवेदन सहयोगी हुन सक्छ ।’ 

Last modified on 2020-04-24 13:37:18


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts