चितवनका कोरोना संक्रमित आमाछोराको दोस्रो परीक्षण, आमामा फेरि पोजेटिभ



Download our app to get more features

चितवन, १२ वैशाख । चितवनका कोरोना संक्रमित आमाछोराको दोस्रो कोरोना परीक्षण गरिएको छ ।

चितवनको राप्ति नगरपालिका निवासी २७ वर्षीय युवकमा बिहिबार दोस्रो पटक कोरोना परीक्षण गर्दा रिपोर्ट नेगेटिभ देखिएको भरतपुर अस्पतालका सुचना अधिकारी लिलाधर पौडेलले बताए । तर उनकी ६३ वर्षीया आमामा भने दोस्रो परीक्षणमा समेत रिपोर्ट पोजेटिभ आएको उनले जानकारी दिए ।

शनिबार पुनः परीक्षण गरि दुई पटकसम्म रिपोर्ट नेगेटिभ आएमा युवकलाई डिस्चार्ज गरिने भरतपुर अस्पतालका अध्यक्ष डा. भोजराज अधिकारीले हाम्रो डक्टर न्युजलाई जानकारी दिए । दुवै जनाको स्वास्थ्य अवस्था सामान्य रहेको उनले बताए । 

उनीहरूमा कोरोना पुष्टि भएको हक हप्तामा बिहिबार दोस्रो पटक भरतपुर कोभिड-१९ प्रयोगशालामा स्वाब परीक्षण गरिएको हो ।

उनीहरूलाई भरतपुर अस्पतालको आइसोलेसनमा राखेर उपचार गरिँदैछ । कोरोना (कोभिड–१९) भाइरस संक्रमणको जोखिमलाई लक्षित गर्दै सीसीटीभी, टेलिफोन र इन्टरनेटको माध्यमबाट उच्च सतर्कता अपनाउदै उनीहरूको विशेष हेरचाह गरिएको अस्पतालका प्रमुख मेडिकल सुपरिटेण्डेन्ट डा. श्रीराम तिवारीले बताए ।

चैत ३ गते लण्डनबाट हङकङ हुदै नेपाल आएकी वर्ष ६३ की महिला र उनको २७ वर्षको छोरामा वैशाख ५ गते स्वास्थ्य मन्त्रालयले कोरोना संक्रमण भएको पुष्टि गरेको थियो ।

Last modified on 2020-04-24 17:56:31

  1. जय पाठक (जेपी)

    स्वास्थ्यकर्मीसमेत रहेका पाठक हाम्रो डक्टर न्यूजका चितवन ब्यूरो प्रमुख हुन् ।

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts