नेपालमा कोरोना संक्रमित बढ्दै गर्दा पीसीआर परीक्षण घट्दो, लकडाउन मात्र कहिलेसम्म ? 



Download our app to get more features

काठमाडौं, १२ वैशाख । कोरोनाभाइरसको नयाँ संक्रमण दिनहुँ बढीरहँदा कोरोनाको संक्रमण पुष्टि गर्न गरिने ल्याब टेस्ट पीसीआरको दर भने घट्दो क्रममा छ । 

बिहीवारसम्म नेपालमा कोभिड-१९ शंकास्पद ९ हजार २ सय जनाको पीसीआर परीक्षण गरिएको छ भने ४८ जनाको पोजेटिभ आएको छ । चैत्र ३० गते ७ सय ९५ जनाको पीएसीआर परिक्षण गरीएकोमा त्यसपछि बिहीवार सबैभन्दा कम जम्मा २०३ जनाको नयाँ परीक्षण गरिएको मन्त्रालयको ब्रीफिंगमा उल्लेख गरिएको छ । 

चैत ३० मा गरिएको परीक्षण 

बिहीवार वैशाख ११ मा गरिएको परीक्षण 

अस्ति मंगलबार जम्मा ३ सय ३३ जनाको पीसीआर परीक्षण गरिएको र बुधवार २ सय ७५ जनाको परिक्षण गरिएको थियो । त्यो दर घटेर बिहीवार २ सय ४ पुगेको हो । उदयपुरमा संक्रमितको संख्या भारीमात्रामा बढेपछि त्यस वरिपरि क्षेत्रको सबै बासिन्दामा पीसीआर गरेर संक्रमितहरुलाई आइसोलेसनामा राख्नुपर्नेमा परीक्षणको दर भने न्यून मात्र भइरहेको छ ।

सरकारले करिब ३४ हजारको र्यापिड टेस्ट गरेपनि र्यापिड टेस्टले हालको संक्रमित पहिचान नगर्ने र यसको विश्वसनियतातामा समेत विज्ञहरुले प्रश्न उठाउदै आएका छन् । 

संक्रमित भेटिएको उदयपुरमा समेत पीसीआर नगरेर र्यापिड टेस्ट गरिनुले समेत समस्या थप बल्झाउने र रोग नियन्त्रण बाहिर जाने खतरा बढेको छ । 

पीसीआर टेस्ट गर्न सरकारले स्थापना गरेका ल्याबहरुमा परीक्षण किट, रीएजेन्ट र नमुना संकलन गर्ने भाडो भीटीएम सकिएकाले टेस्ट यथेस्ठ मात्रामा गर्न नसकिएको प्रयोगशालामा कार्यरतहरु बताउँछन् । 

लकडाउनको महिनादिन बितिसक्दा र बल्ल पोजेटिभ केसहरु पहिचान हुँदै गर्दा सरकारले नयाँ संक्रमण देखिएको ठाउँमा द्रुत गतिमा पीसीआर टेस्टको दायरा बढाएर संक्रमित नदेखिएको ठाउमा विस्तारै लकडाउन खुकुलो पार्नुपर्ने अहिलेको अवस्थामा गरिने टेस्टको संख्या नै दिनहँु घटिरहँदा सरकार कोरोना भाइरस नियन्त्रणमा उदासिन रहेको देखाएको छ ।

Last modified on 2020-04-24 09:42:07


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts