दिनकै थपिँदै नेपालमा कोरोना संक्रमित, २६ वर्षीय युवकमा पुष्टि

काठमाडौं, ११ वैशाख । नेपालमा पछिल्लो समय दिनकै कोरोना संक्रमितको संख्या थपिँदै गएको छ ।
स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुुसार २६ वर्षीय एक युवकमा बिहीवार साँझ कोरोना पुष्टि भएको हो । ती व्यक्ति भोजपुरका हुन् ।
योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ४८ पुगेको छ ।