सुदूरपश्चिमका चौथाें कोरोना संक्रमित महिला पनि स्वस्थ भइन्



Download our app to get more features

धनगढी, ११ वैशाख । सुदूरपश्चिमका चौथो संक्रमित महिला पनि कोरोनालाई जितेर घर फर्किएकी छिन् ।

कैलालीको लम्की चुहा नगरपालिका वडा नम्वर १ कि महिला बिहीवार सेती प्रादेशिक अस्पतालबाट डिस्चार्ज भएकी हुन् । उनको पनि लगातार दुई पटक रिपोर्ट नेगेटिभ आएपछि अस्पतालबाट डिस्चार्ज गरिएको सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिप श्रेष्ठले बताए । 

उनी विरगञ्जबाट आएर १२ दिन क्वारेन्टाईनमा बसेकी थिईन् भने बैशाख १ गते कोरोना पुष्टि भएको थियो । योसँगै सुदूरपश्चिम प्रदेशमा चार जना कोरोनालाई जितेर घर फर्किएका छन् । धनगढी उप–महानगरपालिका वडा नम्वर ५ का ३४ वर्षीय पुरुष, लम्कीका २१ वर्षीय युवक र कञ्चनपुर बेदकोटका ४१ वर्षीय पुरुष यसअघि नै घर फर्किसकेका छन् । अव धनगढी उप–महानगरपालिका वडा नम्वर ५ की ३४ वर्षीया महिला मात्रै सेती अस्पतालको आईसोलेसनमा उपचाररत छिन् ।

योसँगै नेपालका ४७ कोरोना संक्रमित मध्ये १० जना स्वस्थ भएर घर फर्किएका छन् ।

Last modified on 2020-04-23 17:53:34


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts