स्वास्थ्य मन्त्रालयकै एपमा कोरोनाबारे गलत जानकारी !



Download our app to get more features

काठमाडौं, ११ वैशाख । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको मोबाइल एपमा कोरोनाबारे गलत तथ्य पाइएको छ ।

मन्त्रालयले बनाएको मोबाइल एप हाम्रो स्वास्थ्यमा कोरोनाबारे धेरै सोधिएका प्रश्न अन्तर्गत विश्वव्यापी रुपमा पुष्टि भइसकेको कुरालाई हालसम्म पुष्टि हुन नसकेको भन्ने सूचना प्रकाशन गरिएको छ ।

मन्त्रालयको एप “हाम्रो स्वास्थ्य” को धेरै सोधिने प्रश्नहरु खण्डमा रहेको प्रश्न नम्बर ३ को उत्तरमा “कोरोनाभाइरस मानिसहरुबिच सजिलै सर्न सक्छ भन्ने पुष्टि भएको छैन” लेखिएको छ । विश्वमा करिव २६ लाख बढी मानिसहरुमा संक्रमण देखिइसकेको कोरोनाभाइरस श्वासप्रश्वासको माध्यमबाट निस्किने थुक, सिगान र संक्रमितले छोएको बस्तुबाट सजिलै सर्ने वैज्ञानिकहरुले बताइसकेका छन । साथै प्रश्न नम्बर ५ मा पनि एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्न सक्दछ भन्ने प्रश्नमा “निश्चितताका साथ भन्न सकिने अवस्था छैन” भन्ने उत्तर दिइएको छ । संक्रमण भएको मानिसबाट अरुमा सर्न सक्ने भएकाले नै नेपाल सरकारले संक्रमण नफैलियोस भनेर लकडाउन गरेको एक महिना भएको छ । संक्रमण सर्न नदिन नै विश्व स्वास्थ्य संगठन लगायत धेरै देशले एक आपसमा सामाजिक दुरी कायम गर्न भनेका छन् ।

सरकारले कोरोनाभाइरस सम्बन्धी सुचना र जानकारी दिन ल्याएको एपमै गलत सुचना हुनुले आम मानिसमा भ्रम पैदा हुने र एपमा रहेको जानकारीमा प्रश्न उठेको छ ।

Last modified on 2020-04-23 09:42:55


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts