धरानमा गरिएको पीसीआरमा थप ३ जनामा कोरोना पुष्टि



Download our app to get more features

काठमाडौं, १० वैशाख । धरानमा फेरि थप ३ जना व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएको छ ।

धरानस्थित विपि कोरइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आज गरिएको परीक्षणमा थप ३ जनामा कोरोना पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.विकास देवकोटाले २४ वर्षीय, ६० वर्षीय र ७२ वर्षीय ३  जना पुरुषमा कोरोना पुष्टि भएको बताए । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ४५ पुगेको छ ।

संक्रमित ३ जनालाई क्वारेन्टाइनबाट अस्पताल लगिने तयारी भइरहेको पनि उनले बताए ।

Last modified on 2020-04-22 16:26:41


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts