सुदूरपश्चिमका तेस्रो कोरोना संक्रमित सेती अस्पतालबाट डिस्चार्ज



Download our app to get more features

धनगढी, १० वैशाख । सुदूरपश्चिमका तेस्रो कोरोना संक्रमित अस्पतालबाट आज डिस्चार्ज भएका छन्। सेती प्रादेशिक अस्पतालका अनुसार कञ्चनपुरको बेदकोट नगरपालिकाका ४१ बर्षीय पुरुषको तेस्रो र चौथो रिपोर्ट नेगेटिभ आए पछि उनलाई अस्पतालबाट डिस्चार्ज गरिएको हो।  उनको यसअघि गरिएको पहिलो र दोस्रो परीक्षणको रिपोर्टमा कोरोना पोजेटिभ देखाएको थियो।

यसअघि कैलालीको लम्कीचुहा नगरपालिकाका २१ बर्षीय युवक र धनगढी उप–महानगरपालिका–५ का ३४ बर्षीय संक्रमित युवकलाई ठिक भएपछि अस्पतालले डिस्चार्ज गरिसकेको छ। उनीहरु दुबै जनाको पछिल्ला दुई रिपोर्ट नेगेटिभ आएको थियो।

अहिले कञ्चनपुरका ४१ बर्षीय पुरुषसंगै धनगढी उप–महानगरपालिका–५ की ३४ बर्षीया महिला र लम्की चुहा नगरपालिका– १ की ६५ बर्षीया महिलाको सेती प्रादेशिक अस्पतालको आईसोलेसनमा उपचार भईरहेको छ। अन्य केही शंकास्पद बिरामीको समेत उपचार भईरहेको छ।

Last modified on 2020-04-22 16:26:29


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts