भारतीय राजदुतद्वारा औषधि तथा स्वास्थ्य सामाग्री हस्तान्तरण



Download our app to get more features

काठमाडौं, १० वैशाख । स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकाललाई नेपालस्थित भारतीय राजदुत विनयमोहन क्वात्राले कोरोना भाइरस रोकथाम र नियन्त्रणसम्बन्धी स्वास्थ्य सामाग्री तथा औषधि हस्तान्तरण गरेका छन् । आज आयोजित कार्यक्रममा राजदुत क्वात्राले स्वास्थ्य सामाग्री तथा औषधि हस्तान्तरण गरेका हुन् ।

सो क्रममा स्वास्थ्यमन्त्री ढकालले छिमेकी देशहरुबीच एक अर्कालाई सहयोग गर्ने परम्परा रहेको र सोही अनुसार भारतले नेपाल सरकारलाई औषधि तथा स्वास्थ्य सामाग्री दिएको उनको भनाइ छ । राजदुत क्वात्राले एम्पिसिलिन इन्जेक्शन ५००एमजी पाँच हजार थान, पाइपरसिलिन ४ एमजि ८ हजार थान, मेटोक्लोप्यारमिड १० एमजी, ३ हजार थान,  एडेनोसाइन ६ एमजि तीन सय थान, डोपामाइन एसिएल २०० एमजी चार सय थान, एट्रोपाइन सल्फेट इन्जेक्सन २८ सय थान, हाइड्रोअक्सिक्लोरोक्वाइन २०० एमजी दुई लाख ५० हजार थान लगायतका समाग्री हस्तान्तरण गरिएको हो । 

यी हुन् भारतीय राजदूतावासले हस्तान्तरण गरेका सामाग्री :-


  

Last modified on 2020-04-22 16:28:27


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts