आरडिटीमा कोरोना पोजेटिभ देखिएका नर्समा पिसिआरमा नेगेटिभ
धादिङका कोरोना संक्रमति युवाको आजै डिस्चार्ज

काठमाडौं, १० वैशाख । र्यापिड डाइग्नोटिक टेष्ट (आरडिटी) का क्रममा कोरोना पोजेटिभ देखिाएका केन्द्रीय कारागार सुन्धाराका दुई नर्सको पिसिआर परीक्षणको रिर्पोट नेगेटिभ देखिएको छ । हिजो मंगलबार कारागारमा गरिएको आरडिटीमा उनीहरुको रिर्पोट पोजेटिभ आएको हो । पोजेटिभ रिर्पोट देखिएका व्यक्तिको थ्रोड स्वाब संकलन गरि पिसिआरमा परीक्षण गरिएको थियो ।
स्वास्थ्य मन्त्रालयका स्वास्थ्य विज्ञ डा. अनुप बाँस्तोलाका अनुसार उनीहरु दुबैको रिर्पोट नेगेटिभ आएको छ । यस्तै धादिङका कोरोना संक्रमित युवा आज अस्पतालबाट डिस्चार्ज हुँदै छन् । डा. बाँस्तोलाका अनुसार ती युवाको तेस्रो पटकको पिसिआर रिर्पोट पनि नेगेटिभ आएको छ । सोही कारण उनलाई डिस्चार्ज गर्न लागिएको हो ।
Last modified on 2020-04-22 15:08:15