उदयपुरका कोरोना संक्रमितको संसर्गमा रहेका थप ११ जनामा कोरोना, बाँकीको परीक्षण जारी



Download our app to get more features

काठमाडौं, ९ वैशाख । नेपालमा फेरि एकैदिन ११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

उदयपुरको एक मस्जिदमा रहेका १३ जनाको सम्पर्क र संसर्गमा आएकाहरुको कोरोना परीक्षण गर्दा ११ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । 

मन्त्रालयका सहप्रवक्ता समिर अधिकारीले मंगलवार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा २ सय ६० जनाको कोरोना परीक्षण गर्दा ३ जनामा कोरोना पुष्टि भएको बताए ।

यस्तै अन्य ६९ जनाको कोशी अस्पतालमा कोरोना परीक्षण गर्दा ८ जनामा कोरोना पुष्टि भएको र थप पुष्टि धरामा गरिएको पनि उनले बताए ।

संक्रमित हुनेमा २ जना महिला र ९ जना पुरुष छन् । क्रमशः १८ वर्ष उमेरका दुई जना, २०, ३३, ४०, ४१, ५२, ५८ वर्षीय पुरुष, ३६ वर्षीया महिला र एक जनाको उमेर पुष्टि हुन नसकेको जनाइएको छ । 

संक्रमित सबैको उपचार कोशी अस्पतालमा भइरहेको छ । 

यसअघि उदयपुरकै १३ जनामा कोरोना संक्रमण पुष्टि भएपछि सरकारले नेपाली सेना सहितको विशेषज्ञ डाक्टरसहितको टोली त्यसतर्फ पठाएको थियो । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ४२ पुगेको छ । यस्तै अन्य नमूना परीक्षणको क्रममा रहेको र नतिजा आउने क्रम पनि जारी रहेको समिर अधिकारीले बताएका छन् ।

Last modified on 2020-04-21 20:58:47


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts