एकैदिन थपियो १० जना कोरोना संक्रमित, ५ जना घर फर्किए

काठमाडौं, ९ वैशाख । उदयपुरमा फेरि एकैदिन १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
उदयपुरको एक मस्जिदमा रहेका एक दर्जनभन्दा बढी मानिसमा यसअघि नै कोरोनाभाइरस सङ्क्रमण देखिएको थियो ।
उनीहरुकै सम्पर्कमा र संसर्गमा आएकाहरुको नमूना परीक्षण गर्दा थप १० जनामा कोरोना पुष्टि भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.विकास देवकोटाले बताए । हाम्रो डाक्टर न्यूजलाई बताए अनुसार उनले मंगलवार थप १० जनामा कोरोना सङ्क्रमण पाइएको हो ।
एक सय जनाको नमूना संकलन गर्दा दुई जनाको टेकु र एक जनाको धरानमा जाँच गर्दा कोरोना पुष्टि भएको उनले बताए ।
योसँगै नेपालमा कुल सङ्क्रमितको सङ्ख्या ४१ पुगेको छ ।
यसैबीच नेपालमा कोरोना संक्रमित भएका मध्ये ५ जना स्वस्थ भएर घर फर्किएका छन् ।