२६ दिनमा कोरोना जितेर घर फर्किए सुदूरपश्चिमका पहिला संक्रमित, १९ वर्षीय युवकमा आरडिटी पोजेटिभ



Download our app to get more features

धनगढी, ९ वैशाख । सुदूरपश्चिमका पहिलो कोरोना संक्रमित व्यक्ति सेती प्रादेशिक अस्पतालबाट डिस्चार्ज भएका छन् ।

धनगढी उप–महानगरपालिका वडा नम्बर ५ का ३४ वर्षीय युवकको लगातार दुई पटकसम्म कोरोना परीक्षण रिपोर्ट नेगेटिभ आएपछि उनलाई अस्पतालले डिस्चार्ज गरिएको हो ।

दुबईबाट आएका उनमा चैत १४ गते कोरोना पुष्टि भएको थियो । उनको तीन पटक परीक्षण गर्दासम्म कोरोना रिपोर्ट पोजेटिभ देखाएको थियो । उनी २६ दिनसम्म अस्पतालमा उपचार गराएपछि डिस्चार्ज भएका हुन् । यसअघि सेतीमै उपचाररत लम्कीका २१ वर्षीय संक्रमित युवक पनि डिस्चार्ज भएका थिए । अब सेतीमा तीन जना संक्रमितको उपचार भईरहेको छ ।

यसैबीच, कैलालीमा भारतबाट फर्किएका युवकमा ‍र्यापिड टेस्ट गर्दा कोरोना पोजेटिभ देखाएको छ । जिल्लाको बर्दगोरिया गाउँपालिका ३ का १९ वर्षीय युवकमा ‍र्यापिड टेस्ट गर्दा एन्टीबडी पोजेटिभ देखिएको गाउँपालिकाका स्वास्थ्य संयोजक कृष्णदेव जोशीले बताए ।

जोशीका अनुसार एन्टीबडी पोजेटिभ देखिएपछि उनलाई थ्रोट स्वाब संकलनका लागि सेती प्रादेशिक अस्पताल धनगढी पठाईएको छ । भारतको पुनामा मजदुरी गर्दै आएका ती युवक चैत १० गते कैलाली फर्किएका थिए ।

घर फर्किएदेखि नै उनी होम क्वारेन्टाईनमा बस्दै आएको बुझिएको स्वास्थ्य संयोजक जोशीले जानकारी दिए ।


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts